ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइमले बोनस शेयर र हकप्रद मार्फत २ अर्ब चुक्तापूँजी पुर्याउँदै

Nov 13, 2017  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
कात्तिक २७, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी असार मसान्तसम्म रू. २ अर्ब चुक्तापूँजी पुर्याउने योजना सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिमा पेश गरेको कार्ययोजना अनुसार पूँजी वृद्धिका लागि हकप्रद र बोनस शेयरलाईनै माध्यम बनाएको हो । कम्पनीले गत भदौ २७ गते सम्पन्न साधारण सभाबाट २५ प्रतिशत बोनस शेयर र उक्त बोनस वितरण पछि कायम चुक्तापूँजीको १ बराबर १ दशमलव ६ प्रतिशत हकप्रद विक्री गर्ने प्रस्तावलाई पारित गरिसकेको छ । समितिमा बुझाएको कार्ययोजनामा पनि कम्पनीले आव ०६९/७० देखि ०७२/७३ सम्मको नाफाको आधारमा चुक्तापूँजीको २५ प्रतिशतका दरले हुन आउने रू. १२ करोड २० लाख बोनस शेयर पछि कायम हुने चुक्तापूँजी रू. ६१ करोड १ लाख २५ हजारको १ बराबर १ दशमलव ६० को अनुपातमा हुन आउने रू. ९७ करोड ६२ लाख हकप्रद विक्री गर्ने उल्लेख रहेको छ । सो हकप्रद विक्रीपश्चात कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ५८ करोड ६४ लाख २५ हजार पुग्नेछ । बीमा समितिले दिएको जानकारी अनुसार प्राइमले आव ०७३/७४ को नाफाको आधारमा १२ दशमलव ५ प्रतिशतले हुन आउने रू. १९ करोड ८३ लाख बोनस शेयर वितरण गर्ने योजनालाई पनि अघि सारेको छ । त्यसपश्चात पनि अपुग रकम कम्पनीले आव ०७४/७५ को नाफाको आधारमा रू. २२ करोड ३१ लाख बोनस शेयर वितरण गरी पुर्याउने योजना प्राइमको रहेको छ । प्राइमले हकप्रद विक्रीका लागि विक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई चयन गरिसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)