ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलालीमा साढे ५ हजार उद्योग, ६ अर्ब ८३ करोड पूँजी

Nov 15, 2017  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । पछिल्लो समय कैलालीमा उद्योग दर्ता क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा २०७४ साल मसान्तसम्मा ५ हजार ४ सय ७४ उद्योग दर्ता भएका छन् । दर्ता भएका ती उद्योगको कुल पूँजी ६ अर्ब ८३ करोड ३३ लाख १० हजार ६ सय ५० रुपैयाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय धनगढीका उद्योग अधिकृत दिलीपबहादुर चन्दले बताए । दर्ता भएका ती उद्योगहरूमा सेवा, उत्पादन, कृषि, पर्यटन, निर्माण तथा लघु उद्योग रहेको कार्यालयले बताएको छ । चन्दका अनुसार सो अवधिसम्ममा निजी फर्मको सङ्ख्या ४ हजार ८ सय ३०, साझेदारी फर्म २ सय ६१, प्रालि २ सय ३० तथा लघु १ सय ५३ गरी कुल ५ हजार ४ सय ७४ उद्योग दर्ता भएका छन् । त्यसमध्ये सेवामूलक उद्योगको सङ्ख्या २ हजार ५ सय ५५, उत्पादनमूलक उद्योगको सङ्ख्या १ हजार ७ सय ९२, कृषि ९ सय ३०, पर्यटन ४२, निर्माण २ तथा लघु उद्योगको सङ्ख्या १ सय ५३ रहेको कार्यालयको तथ्याङ्क छ । दर्ता भएका ती सेवामूलक उद्योगहरूको स्थिर पूँजी १ अर्ब १४ करोड ३६ लाख ७१ हजार ६ सय ८४ तथा चालू पूँजी ५८ करोड ७४ लाख ३४ हजार ५ सय २१ गरी कुल पूँजी १ अर्ब ७३ करोड ११ लाख ६ हजार दुई पाँच रहेको छ । त्यस्तै, उत्पादनमूलक उद्योगहरुको स्थिर पूँजी १ अर्ब ९७ करोड २८ लाख ४८ हजार २८ तथा चालू पूँजी १ अर्ब ६० करोड ६९ लाख ५ हजार २ सय ४२ गरी कुल पूँजी ३ अर्ब ५७ करोड ३५ लाख ४३ हजार २ सय ७० रहेको छ । कार्यालयमा दर्ता भएका कुल कृषि उद्योगको स्थिर पूँजी ८२ करोड १४ लाख २३ हजार ३ सय २५ तथा चालू पूँजी ४३ करोड ४८ लाख ४७ हजार ४ सय ८४ गरी कुल पूँजी १ अर्ब २५ करोड ६२ लाख ७० हजार ८ सय नौ रहेको छ । त्यस्तै, पर्यटन उद्योगहरूको कुल स्थिर पूँजी १० करोड ५१ लाख ८२ हजार ९ सय ७ तथा चालू पूँजी ४८ लाख ४८ हजार १ सय ८१ गरी कुल पूँजी १५ करोड ३६ लाख ६४ हजार ७ सय १७ रहेको छ । कुल निर्माणतर्फको स्थिर पूँजी २३ लाख ९८ हजार तथा चालू पूँजी ५ लाख ७१ हजार गरी कुल पूँजी २९ लाख ६० हजार तथा लघु उद्योगतर्फको कुल स्थिर पूँजी ७ करोड ९५ लाख ९ हजार ९ सय ५० तथा चालू पूँजी ३ करोड ६२ लाख ५५ हजार ७ सय गरी कुल पूँजी ११ करोड ५७ लाख ६५ हजार ६ सय ५० गरी कुल उद्योगहरूको स्थिर पूँजी ४ अर्ब १२ करोड ५० लाख २४ हजार ८ सय ९४ तथा चालू पूँजीतर्फ २ अर्ब ७० करोड ८२ लाख ८५ हजार ७ सय ९७ गरी कुल पूँजी ६ अर्ब ८३ करोड ३३ लाख १० हजार ६ सय ५० रहेको उद्योग अधिकृत चन्दले बताए । सो अवधिसम्ममा महिला उद्यमीको सङ्ख्या १ हजार १ सय ४२ तथा पुरुष उद्यमीको सङ्ख्या ५ हजार २ सय आठ गरी कुल ६ हजार ३ सय ५० उद्यमी रहेका छन् । त्यसैगरी ती उद्योगहरूमा महिला रोजगारीको सङ्ख्या १ हजार २ सय २८ तथा पुरुष रोजगारीको सङ्ख्या ४० हजार १ सय तीन गरी कुल ४१ हजार ३ सय ३१ रहेको छ । त्यसैगरी, आव २०७३/०७४ मा ३ सय ४७ सेवामूलक, १ सय ६४ उत्पादनमूलक, २ सय २४ कृषि, पर्यटन दुई तथा लघु १ सय ५३ गरी कुल ८ सय ९० उद्योग दर्ता भएका छन् । दर्ता भएका कुल उद्योगहरूको पूँजी १ अर्ब ३० करोड ३९ लाख ५ हजार २ सय पाँच रहेको कार्यालयको तथ्याङ्क छ । कार्यालयले अघिल्लो आव २०७३/०७४ मा महिला उद्यमशीलता कोषका लागि भन्दै बिनाधितो ४५ जनालाई ९८ लाख ९७ हजार रुपैयाँ ऋण स्वीकृत भइसकेकाले जिल्ला कोष प्रवाह समितिबाट राष्ट्रिय वाणिज्य बैङ्क धनगढी शाखामा सिफारिश गरी पठाइसकेकाले ऋण उपलब्ध गराउने कार्य भइरहेको कार्यालयले बताएको छ । कार्यालयले उद्योग दर्ताबापत आव २०७३/०७४ मा ९२ लाख ८२ हजार ८ सय २३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)