ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ करोडको लगानीमा दाङमा पहिलो अक्सिजन उद्योग सञ्चालन

Nov 19, 2017  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
मङ्सिर ३, दाङ । दाङमा पहिलो पटक अक्सिजन उत्पादन उद्योग सञ्चालनमा आएको छ । करीव ५ करोड रुपैयाँको लगानीमा दाङको लक्ष्मीपुर–६ मा दाङ अक्सीजन प्रालिले उद्योग सञ्चालनमा ल्याएको हो ।
उद्योगले अक्सीजनको प्रराम्भिक उत्पादन समेत शुरु गरिसकेको उद्योग सञ्चालक टोपाराम पौडेलले जानकारी दिएका छन् । ‘राप्ती र आसपासका जिल्लाहरुलाई लक्षित गर्दै यो उद्योग सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘उद्योगले परिक्षण उत्पादन पनि सञ्चालन गरिसकेको छ ।’
उनका अनुसार उद्योगले दैनिक दुई सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने छ । उद्योग सञ्चालनका लागि सबै कानूनी प्रक्रिया पूरा गरेर परिक्षण उत्पादन समेत शुरु गरिसकेकाले अबको केहि महीनामै आफ्नो उत्पादन बजारमा ल्याउने तयारी भएको उद्योग सञ्चालकहरुले बताएका छन् ।
राप्तीका पाँच जिल्ला बाँके, वर्दिया, बुटवल, रुपन्देहीलगायतका जिल्लालाई बजारीकरणको क्षेत्र राखेर उद्योग स्थापना गरिएको उद्योगी पौडेलले बताए । विशेष गरी उद्योगले अस्पतालमा प्रयोग गरिने अक्सिजन उत्पादन गर्नेछ ।
राप्तीमा पहिलो उद्योग भएकाले बजारका लागि खासै समस्या नहुने व्यवसायीको अनुमान छ । अहिले पनि दाङलगायत राप्तीका जिल्लाका विभिन्न अस्पतालमा  वाहिरबाटै अक्सिजन ल्याउनुपर्ने वाध्यता छ । उद्योगले आफ्नो उत्पादन बजारमा ल्यायो भने त्यो वाध्यता कम हुने यस क्षेत्रका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)