ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अवलोकन भ्रमणको थलो बन्दै जनज्योति

Nov 23, 2017  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । सुर्खेतको वराहताल गाउँपालिकाको बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालय पछिल्लो समय अवलोकन भ्रमणको थलो बन्दै गएको छ । माध्यमिक तथा प्राविधिक शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्दे आएको यो विद्यालय जिल्लाभित्र तथा बाहिरका विद्यार्थीका लागि अवलोकनको उपयुक्त स्थल बन्दै गएको हो । प्राविधिक शिक्षातर्फका विभिन्न कार्यक्रम सञ्चालित यस विद्यालयमा अवलोकन भ्रमणका लागि विभिन्न जिल्लाबाट विद्यार्थी, शिक्षक र प्रतिनिधिहरू आउने गरेका छन् । विद्यालयले प्रावधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन प्राप्त गरी कृषि तथा पशु विज्ञान विषयमा डिप्लोमा, जेटीएका साथै कक्षा ९ देखि पशु विज्ञान र कृषि विज्ञान विषय अध्यापन गरिरहेको छ । कृषि व्यवसायका लागि आवश्यक ऋण पनि विद्यालयले उपलब्ध गराउँछ । सोही नियमका कारण विद्यार्थीले नजीकैको जमीन भाडामा लिएर च्याउ÷तरकारीखेती, माछापालन, बङ्गुरपालन र कुखुरापालन गर्दै आएका छन् । यसबाट उनीहरूले पढाइसँगै आम्दानी पनि गर्दै आएका छन् । जनज्योति माविले १८ महीने र तीनवर्षे कृषि जेटीए पढाउँदै आएको छ । विद्यालयले १८ महीनेका लागि १ लाख र तीनवर्षेका लागि ३ लाख रुपैयाँ अनिवार्य कमाउनुपर्ने नियम बनाएको छ । त्यसका लागि विद्यालयले विद्यार्थीलाई जमीन र ऋण उपलब्ध गराउँछ । विद्यालयले तीनदेखि पाँच जनासम्मको समूह बनाएर कृषि कर्ममा लगाएको छ । प्राधानाध्यापक नारायण सिग्देलका अनुसार विद्यार्थीको छुट्टाछुट्टै समूह बनाएर निब्र्याजी ऋण दिने गरिएको छ । ‘त्यस्तो ऋण विद्यार्थीले गरेको व्यवसायबाट तिर्नुपर्छ,’ उनले भने । विद्यालयले माछापालन, बङ्गुरपालन, मौरीपालन, बाख्रापालन, कुखुरापालन, तरकारीखेती, इँट्टा उद्योगलगायत उद्यम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । प्राविधिक विषयका विद्यार्थीले तिनै फार्ममा काम गरिरहेको उनको भनाइ छ । विद्यालयले व्यावसायिक शीपसम्बन्धी छोटो समयका तालीम पनि सञ्चालन गर्दै आएको छ । विद्यालयले कृषि विषय अध्ययन गर्न आउने विद्यार्थी अनिवार्य रूपमा कृषि कर्ममा लाग्नुपर्ने नियम बनाएको छ । केही वर्षअघि विद्यालयले कृषि क्याम्पस स्थापनाका लागि बड्डीचौरमा महायज्ञ लगाएको थियो । सो महायज्ञमा स्थानीयले जमीन र घरसमेत दान गरेका थिए । विद्यालयले तिनै घर र जमीनलाई अहिले उपयोग गरिरहेको छ । प्राविधिक शिक्षा सञ्चालन गरेर ख्याति कमाएको यस विद्यालय अवलोकनका लागि खासगरी अन्य प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी र विद्यालयका प्रतिनिधि आउने गरेका छन् प्रअ सिग्देलले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)