ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिन्द्राको साहसिक यात्रा अब निरन्तर

Dec 3, 2017  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । विगत १८ वर्षदेखि ड्राइभिङ गरिरहेकी महिला व्यवसायी विना मास्केलाई साहसिक रूपमा काठमाडौंदेखि लोमानथाङसम्म महिन्द्रा थारको गाडीमा गरेको यात्रा आजसम्मकै उत्कृष्ट लाग्यो । उनले यसअघि साथीसँग र परिवारसँग ३–४ पटक नेपालको उकालीओरालीका कच्ची रोड (अफरोड)मा गाडी गुडाइसकेकी छन् । उनी ‘अफरोड कल्चर’ विकास गर्ने अभियानमा अग्रसर छिन् । गत कात्तिक २० गतेदेखि कात्तिक २६ गतेसम्म महिन्द्रा थार गाडीले प्रायोजन गरेको र इम्याजिन नेपालले आयोजना गरेको ‘लोमानथाङको साहसिक यात्रा’मा २५ ओटा गाडीमा ७० जनाले यात्रा गरेका थिए । यो यात्रामा एकमात्र महिला चालक विना मास्केले साँच्चै नै साहसी भई यात्रा गरिन् । उनी महिन्द्रा थार गाडी नेपालको जुनसुकै भेगमा पुग्न सक्ने, बाटो सुहाउँदो, बलियो, पिकअप राम्रो भएको रफ एण्ड टफलगायत गुणस्तर भएकाले यो यात्रा आनन्दित र रमणीय यात्रा हुनेमा विश्वस्त थिइन् । यसैअनुसार उक्त यात्रा पूरा गरिएको उनको अनुभव छ । उक्त यात्रामा २५ ओटा गाडीमध्ये २० ओटा गाडी महिन्द्राको थियो । उक्त यात्रामा मिस नेपाल सदीक्षा श्रेष्ठ, भलिबल खेलाडी सिपोरा गुरूङ, फोटोग्राफर किशोर कायस्थका साथै डाक्टर, इञ्जिनीयरलगायत फरकफरक पेशाका व्यक्तित्वको सहभागिता रहेको थियो । यात्रा सहज होस् भन्ने उद्देश्यले मेडिकल, गाडी मेकानिक्स, टुर गार्डलगायत सुविधा लिइएको थियो । काठामाडौंदेखि पोखरा, जोमसोम हुँदै मुस्ताङको आकर्षक उपत्यका लोमानथाङसम्म पुगेर टोलीले ऐतिहासिक ठाउँको भ्रमण गरेको थियो । यसपछि मुक्तिनाथ हुँदै काठमाडौंसम्मको ७ दिने साहसिक यात्रा पूरा गरिएको थियो । अब यो साहसिक यात्रालाई प्रत्येक वर्ष निरन्तरता दिने प्रायोजकले बताएको छ । नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो यात्रा गरिएको अग्नि इनकर्पोरेट प्राइभेट लिमिटेड मार्केटिङ डिपार्टमेण्टका सिजन न्यौपानेले बताए । यसका साथै महिन्द्राको गाडी नेपालको जुनसुकै हिमाली तथा पहाडी क्षेत्रको जस्तोसुकै कच्ची बाटोमा पुग्न सक्छ भन्ने एउटा गतिलो उदाहरण यो यात्रा भएको उनको भनाइ छ । यस्तो यात्रा वर्षेनि गरिने भएकाले अर्को वर्ष पनि नेपालको कुनै एक क्षेत्रमा गरिने उनले जानकारी दिए । यस्तो यात्रामा सहभागी हुन इच्छुक व्यक्तिले अगाडि नै रजिस्ट्रेशन गर्नुपर्नेछ । यसका लागि सीमित सीट भएकाले अग्रिम रजिष्ट्रेशन गर्नुपरेको उनको भनाइ छ । उक्त यात्रामा सहभागी हुन महिन्द्रा थारका गाडीलाई विशेष प्राथमिकता दिइने बताइएको छ । मुस्ताङको आकर्षक उपत्यका लोमानथाङ मुस्ताङ जिल्ला नेपालको उत्तरपश्चिमी क्षेत्रको ३ हजार ९ सय ८२ मिटरको उचाइमा अवस्थित छ । यो जिल्लाको उत्तरी भाग अन्नपूर्ण र नीलगिरि हिमालले ढाकिएको छ । नेपालको हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ गरी दुई भागमा विभाजित छ । माथिल्लो मुस्ताङ ट्रेकिङका लागि निकै चर्चित छ भने तल्लो मुस्ताङ प्राकृतिक सुन्दरताका लागि उत्तिकै प्रख्यात छ । माथिल्लो मुस्ताङमा हिमाली हावापानी पाइन्छ । यसैबीच नेपालको हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाका थप १० आकर्षक स्थानहरू छन् । मुस्ताङमा जोमसोम, कागवेनी, लोमाङथाङजस्ता अति नै आकर्षक उपत्यकाहरू रहेका छन् । यसमध्ये लोमानथाङ एक आकर्षक उपत्यका हो । यो गुम्बा, दरबारलगायत प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । हिउँ पर्दा एकाध मानिसबाहेक मुस्ताङ सुनसानजस्तै हुन्छ । उपल्लो मुस्ताङको लोमानथाङमा कात्तिकबाटै हिउँ पर्न थाल्छ । यति बेला यो उपत्यका झन् मनमोहक देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)