ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकास ऋणपत्र सोझै खरीद

Jan 1, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारमा तरलता व्यवस्थापनका लागि  ५ अर्ब रुपैयाँ विकास ऋणपत्र खरीदका लागि बोलकबोल आह्वान गरेकोमा बैङ्क तथा वित्तीय संस्थाले ३ गुणाभन्दा बढी विक्री गर्न बोल लगाएका छन् । बैङ्क तथा वित्तीय संस्थामा तरलता (लगानी योग्य रकम)को कमी हुन थालेपछि उक्त रकमको ऋणपत्र खरीद आह्वान गर्दा १९ अर्ब रुपैयाँको खरीद गरिदिने माग आएको हो । उक्त बोलमा २१ ओटा बैङ्क तथा वित्तीय संस्थाको सहभागिता थियो । विकास ऋणपत्र विक्रीका लागि १८ ओटा वाणिज्य बैङ्क, दुईओटा विकास बैङ्क र एउटा वित्त कम्पनीको सहभागिता थियो । उक्त मागलाई हेर्दा वाणिज्य बैैङ्कमा लगानीको रकम अभाव भएको पुष्टि हुन्छ । यसअघि पटकपटक विकास ऋणपत्र विक्री गर्दै आएको राष्ट्र बैङ्कले हाल बजारमा तरलता अभाव हुन थालेपछि यसलाई व्यवस्थापन गर्न बैङ्क तथा वित्तीय संस्थालाई आइतवार सोझै खरीद बोलकबोलमार्फत आफै फिर्ता खरीद गरेकोे थियो । नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले खरीदका लागि आह्वान गरेको भन्दा धेरै बोल पर्न आएको बताए । उनका अनुसार बैङ्क तथा वित्तीय संस्थामा भुक्तानीको लागि तरलताको अभाव छैन । बैङ्करको भनाइ उद्धृत गर्दै थापाले भने, ‘बैङ्कमा कर्जा प्रवाह गर्न रकम अभाव भएको हो । यो तरलता अभाव नभई पूँजी अभाव हो ।’ ‘राष्ट्र बैङ्कले बजारमा तरलता व्यवस्थापनका लागि उपकरण जारी गर्ने हो,’ उनले व्यङ्ग्यात्मक तरीकाले भने, ‘कर्जा विस्तारका लागि रकम जुटाइदिने होइन, कर्जा विस्तारको लागि त बैङ्कले निक्षेप वृद्धि र पूँजी वृद्धिमा जोड दिनुपर्योव नि ।’ हाल बैङ्क तथा वित्तीय संस्थाको कर्जा विस्तार दर साढे १७ प्रतिशत छ । यसको तुलनामा निक्षेप सङ्कलन दर भने १४ दशमलव ९ प्रतिशत छ । यसैप्रति लक्षित गर्दै कार्यकारी निर्देशक थापाले भारतमा विगत २–३ वर्षदेखि ६ प्रतिशतको कर्जा विस्तार छ, तर नेपालमा भने अझै कर्जा विस्तार पुगेन भनेर बैङ्करले हारगुहार गर्ने गरेको टिप्पणी उनले गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)