ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विपन्न बालबालिकाका लागि ‘न्यानो सुर्खेत’ अभियान

Jan 9, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । बाढीपीडित तथा विपन्न बालबालिकाका लागि सुर्खेतमा ‘न्यानो सुर्खेत’ अभियान सञ्चालन हुने भएको छ । बालबालिकाहरू चिसोले बिरामी भएको र आर्थिक अभावका कारण उपचार नपाएपछि सहयोगका लागि जिल्लामा यो अभियान सञ्चालन गर्न लागिएको हो । अभियान पहिलो चरणमा गिरीघाट शिविरस्थित बाढीपीडित बालबालिका र गुर्भाकोटका विपन्न बालबालिकालाई लक्षित गरी सञ्चालन गरिनेछ । उक्त अभियानअन्तर्गत बालबालिकालाई न्यानो कपडा र औषधि वितरण गरिनेछ । यस्तै, उनीहरूको निःशुल्क स्वास्थ्योपचारसमेत गर्न लागिएको छ । मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसीको पहलमा यो अभियान सञ्चालन हुन लागेको हो । चिसो बढ्दै जाँदा यसको मारमा सबैभन्दा बढी बालबालिका परेका छन् । चिसोका बालबालिकामा निमोनिया र झाडापखालाको समस्या देखिन थालेपछि त्यसको न्यूनीकरणका लागि यो अभियान शुरू गर्न लागिएको वीरेन्द्रनगरस्थित नेपाल बाल पोलिक्लिनिकका सञ्चालकसमेत रहेका डाक्टर केसीले बताए । ‘यो अभियानमा हामी बालबालिकाको निःशुल्क उपचार र न्यानो कपडा वितरण गर्नेछौं,’ उनले भने, ‘क्षेत्रीय अस्पतालमा पनि विपन्न बालबालिकालाई निःशुल्क उपचारको व्यवस्थापन गरेका छौं, मैले मेरो क्लिनिकमा पनि निःशुल्क उपचार सेवा दिँदै आएको छु ।’ सबैभन्दा पीडित गिरीघाटमा रहेका बाढीपीडित शिविरका बालबालिका रहेको डाक्टर केसीको भनाइ छ । आर्थिक अभावका कारण उनीहरूले उपचार नै नपाउने अवस्था रहेकोले यसमा सघाउन आफूहरू लागिपरेको उनले बताए । न्यानो सुर्खेत कार्यक्रममा वराहताल गाउँपालिका, लायन्स क्लब र महिला तथा बालबालिका कार्यालयले पनि सहयोगको प्रतिबद्धता गरेका छन् । जिल्लामा रहेका विपन्न बालबालिकालाई चिसोबाट बचाउन यो अभियानलाई हरेक वर्ष निरन्तरता दिने योजना डाक्टर केसीले सुनाए । ‘विस्तारै यो प्रदेशभर अभियान लैजाने योजना छ,’ उनले भने, ‘कोही पनि बालबालिका आर्थिक अभावकै कारण उपचारबाट वञ्चित नहोऊन् ।’ यसैबीच, वीरेन्द्रनगर नगरपालिकाभित्रका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विपन्न, बाढीपीडित, असहाय र दलित परिवारका ५३ जना बालबालिकालाई शुक्रवार न्यानो कपडा वितरण गरिएको हो । वीरेन्द्रनगरका लागि सडक बालबालिका व्यवस्थापन प्रमुख चुनौती बन्दै गएको बताए । महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले ६ नम्बर प्रदेशमा सडक बालबालिका बेचबिखन रोकथाम र व्यवस्थापनमा सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)