ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियानकर्मी अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित 

२०८० पुस, २१  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक अभियानकर्मी सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन ।   चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि,शिक्षा स्वास्थ्य पर्यटन लगायतका व्यवसायिक प्रर्वद्धन संग सम्बन्धित समाचार प्रसारण गरि जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै अधिकारीलाई सम्मानित गरिएको हो ।

उद्योग वाणिज्य संघ, चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर अधिकारीलाई नगद ५१ हजार सहित सम्मानित गरिएको थियो  । अर्थमन्त्री डा.प्रकाशशरण महत , बाग्मती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आतिथ्यतामा पुरस्कार प्रदान गरिएको थियो । अधिकारी चितवनमा रहेर एकदशक भन्दा बढी समय आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउँदै आएका छन ।

उनी आर्थिक अभियान राष्ट्रिय दैनिक का चितवन संवाददाता हुन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)