काठमाडौं । तलेजु भवानी सेवा समितिको १२ औं साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंको टेकुस्थित पचली भैरव शक्तिपिठ परिसरमा समिति अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
साधारण सभामा समितिका कार्यसमिति सदस्य, आजीवन सदस्य, पदेन सदस्यलगायत सहभागी थिए । सो अवसरमा पचली भैरवनाथ तथा अष्टमातृकाको पूजा पनि गरिएको थियो ।
सभामा समितिका सचिव राजेन्द्र मानन्धरले समितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कमला श्रेष्ठले संस्थाको आर्थिक गतिविधि प्रस्तुत गरेकी थिइन् ।