ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेजाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

२०८० पुस, २७  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा)को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत असोज २९ गतेबाट औपचारिक रूपमा आएको फेजाले शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

सभाले फेजाको तदर्थ समितिलाई नै आगामी कार्यकालका लागि कार्यसमितिको रूपमा निरन्तरता दिने निर्णय गरेको छ । समिति सदस्य गीता भुजेलले आफ्नो पदबाट राजीनामा दिएकाले बाँकी कार्यकालका लागि भुजेलको स्थानमा अम्बिका शर्मालाई नियुक्त गर्ने तदर्थ समितिको निर्णयलाई समेत सभाले अनुमोदन गरेको छ । 

नवनियुक्त सदस्य शर्मा १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छिन् । हाल उनी टक्सार म्यागेजिनमा कार्यरत छिन् ।

तदर्थ समिति नै आगामी कार्यकालका लागि नियमित हुने वैधानिकता अधिवक्ताद्वय भिमसेन रायमाझी र प्रकाश कोइराला सहभागी निर्वाचन कमिटीले प्रक्रिया पूरा गरेका छन् । 

आगामी कार्यकालका लागि निरन्तरता पाएको फेजाको कार्यसमिति ९ सदस्यीय छ । फेजाको अध्यक्षमा शर्मिला ठकुरी, उपाध्यक्षमा रूपा घिमिरे, महासचिवमा एलिजा उप्रेती, सचिवमा प्रजिता कुमारी बुढाथोकी र कोषाध्यक्षमा मुना कुँवर छन् । त्यसैगरी, सदस्यहरूमा रिना खत्री, भीमा पन्थी, अम्बिका शर्मा र सरस्वती अधिकारी छन् । 

आर्थिक पत्रकारितामा कलम चलाइरहेका महिला पत्रकारहरूको क्षमतासँगै नेतृत्व विकासका लागि आवश्यक काम गर्ने प्राथमिकताका लागि फेजा अघि बढेको छ । आगामी दिनमा विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा आफ्ना सदस्यहरूको क्षमताका विकासका लागि काम गर्ने योजना फेजाको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)