ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढी मूल्य पार्न बोटमै सुन्तला

Jan 9, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । मोदी गाउँपालिका–२ का ख्यामराज पौडेलको बगैंचामा लटरम्म सुन्तला देखिन्छन् । उनले पुस सकिनै लाग्दा पनि अहिलेसम्म सुन्तला टिपेका छैनन् । सिजन सकिनेबित्तिकै टिपेर बजार पठाउँदा राम्रो मूल्य पाउने भएकाले उनले बोटमै सुन्तला राखेका हुन् । ‘अरूले बजार पठाइसके,’ उनले भने, ‘म सिजन सकिएपछि बजार पठाउँछु ।’ उनले गतवर्ष पनि यसरी नै सुन्तला विक्री गरेका थिए । फागुनसम्म बोटमै सुन्तला राखेर विक्री गर्ने उनीमात्रै एक्ला होइनन् । भूमिराज शर्मा, ज्ञानेन्द्र शर्मा, गोपाल शर्मालगायतका बगैंचामा अहिलेसम्म पहेँलपुर सुन्तला देखिन्छन् । अहिले प्रतिकिलो ७० मा विक्री हुने सुन्तला सिजन सकिनै लाग्दा १ सय ३० देखि १ सय ५० रुपैयाँ प्रतिकिलोमा विक्री गर्दा नाफा हुने भएकाले कृषकहरूले बोटमै राख्ने गरेका हुन् । मङ्सिरमै ठेक्का लगाएका कृषकका सुन्तला भने बजार पठाउन शुरू भएको छ । यहाँ पोखरा र काठमाडौंका व्यापारीले मङ्सिरमा आएर बोट नै ठेक्कामा लिने गरेका छन् । व्यापारीले अग्रिम बूकिङ गरेका सुन्तला धमाधम टिपेर बजार पठाउन थालिएको कृषक टीकाराम चापागाईंले बताए । जिल्लामा गतवर्ष असिनाले सुन्तलामा ठूलो क्षति भए पनि यसपालि भने उत्पादन राम्रो भएको छ । यहाँको एउटै गाउँका ८५ परिवारले अहिलेसम्म २ करोड रुपैयाँ कमाएका छन् । कृषक हरूले सुन्तला विक्रीबाट ५० हजारदेखि ७ लाख रुपैयाँसम्म कमाइ गरेका हुन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)