ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८ सय मेट्रिक टन बीउ खरीद सम्झौता

Jan 10, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुममा ८ सय टन बीउ खरीद–विक्री गर्ने सम्झौता भएको छ ।  किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम (केयूबीके)द्वारा अनुदान प्राप्त विभिन्न ४४ ओटा समूह तथा सहकारी र ३ ठूला बीउ कम्पनीबीच आगामी २ वर्षमा ८ सय १२ दशमलव ७ मेट्रिकटन उन्नत बीउ खरिद विक्री गर्ने सम्झौता भएको हो । श्रीराम बीज वृद्धि मल्टिप्रपोज कम्पनी चितवन, पञ्चशक्ति बीउ कम्पनी प्रालि धनगढी र रुकुमेली एग्रो सिड सेण्टर दाङले खरीद बीउ खरीद गर्ने रुकुम उद्योग वाणिज्य सङ्घ रुकुमका अध्यक्ष टेकबहादुर पुनले जानकारी दिए । उनले भने, ‘रुकुममा प्रत्येक वर्ष सयौ मेट्रिक टन बीउ उत्पादन हुने बजारीकरण नहुने समस्यालाई ध्यानमा राखी यस्तो सम्झौता गरिएको हो ।’ उद्योग वाणिज्य सङ्घले किसानको व्यावसायिक योजना निर्माण र उत्पादित बीउको बजारीकरणका लागि सहजीकरण गरेको हो । जिल्लामा हालै सम्पन्न तरकारी तथा खाद्यान्न बीउको बहुसरोकारवाला मञ्च कार्यक्रमपश्चात् उक्त सम्झौता भएको किसानका लागि उन्नत बीउ विजन कार्यक्रम, कृषि उद्यम केन्द्रका जिल्ला कृषि व्यवसाय विकास सल्लाहकार राजु लामिछानेले बताए । उनका अनुसार केयूबीकेद्वारा अनुदान प्राप्त ६४ समूह तथा सहकारीमध्ये ४४ ओटा समूह र सहकारीसँग मात्रै उक्त सम्झौता गरिएको छ ।’ कृषक र बीउ कम्पनीबीच मकै, गहुँ, प्याज, मुला, केराउ, सिमी, धान, काउली, रायो र सलगमको उन्नत बीउ खरीद गर्ने सम्झौता भएको छ । बीउ खरीद गर्ने सम्झौताले किसानलाई बीउ उत्पादनमा प्रोत्साहन गर्ने वरपीपल महिला कृषक समूह मुसिकोट–११ की अध्यक्ष नैना पुनले बताइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)