ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खेलकुदलाई १ करोड

Jan 10, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
धरान (अस) । स्थानीय सरकारले धरान उपमहानगरपालिकाको खेलकुद विकासका लागि चालू आर्थिक वर्षका लागि रू. १ करोड १० लाख विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि भौतिक संरचनाको निर्माणसँगै खेलकुद प्रतियोगिता सञ्चालन हुन थालेका हुन् । असोज २५ गते गठन भएको धरान खेलकुद विकास समितिले वार्षिक कार्यक्रम तर्जुमा गरी सो रकम विनियोजन गरेको हो । समितिका संयोजक सुवास राईका अनुसार पहिलो चरणमा विद्यालयबाटै दक्ष खेलाडी उत्पादन गर्न विद्यालयमा खेलकुदका भौतिक संरचनाको निर्माणमा जोड दिइएको छ । बजेट विनियोजन भएलगत्तै १ महीनामा ५० लाख रुपैयाँको भौतिक संरचना निर्माण शुरू भएको छ । विद्यालयस्तरमा पूर्वाधारअन्तर्गत चालू आवमा धरानका चार सामुदायिक विद्यालय र अन्य ६ स्थानमा संरचना निर्माण कार्य जारी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)