ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शैक्षिक प्रगतिको नमूना बन्यो सामुदायिक मावि

Jan 11, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी सामुदायिक मावि शैक्षिक तथा भौतिक पूर्वाधार विकास दृष्टिले ‘नमूना’ बन्दै गएको छ । विद्यालयलाई नेपाल सरकार, शिक्षा मन्त्रालयले २०७० सालमा सामुदायिक विद्यालयमध्ये देशकै उत्कृष्ट घोषित गरेको थियो । उक्त नतीजासँगै यो विद्यालयले शैक्षिक गतिविधिमा उदाहरणीय बनेको हो । अहिले देशका विभिन्न ठाउँबाट शैक्षिक भ्रमणका लागि यहाँ आउनेको विद्यार्थी, शिक्षक र अभिभावकको सङ्ख्या बढ्दै गएको छ । हालसम्म देशका ८५ ओटा सामुदायिक विद्यालयले बेनी सामुदायिक माविको अध्ययन भ्रमण गरेको प्रधानाध्यापक दीपक श्रेष्ठले बताए । नमूना सामुदायिक विद्यालय, उत्कृष्ट व्यवस्थापन, गुणस्तरीय शिक्षण सिकाइ, पर्याप्त भौतिक पूर्वाधारलगायत कारण यो विद्यालय शैक्षिक भ्रमणको केन्द्र बनेको प्रअ श्रेष्ठको भनाइ छ । उनका अनुसार हालैमात्र नेपाल लोकसेवा मावि नवलपुर, नवलपरासी र वीरेन्द्र मावि, स्याङ्जाका व्यवस्थापन समिति र शिक्षकसहितको टोलीले विद्यालयको अभ्यास, शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रक्रिया, भौतिक पूर्वाधार, विद्यालयप्रति अभिभावकको सक्रियता, विद्यार्थीको शैक्षिक प्रगतिलगायत विषयमा यो विद्यालयबाट जानकारी लिएका छन् । जिल्लामा रहेका सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट र निजी विद्यालयसँग समेत प्रतिस्पर्धा गरी यो विद्यालयले विगतका एसएलसी र गतवर्षको एसईईमा राम्रो नतीजा ल्याएको छ । ‘एउटा नमुना विद्यालय बन्न आवश्यक सबै पूर्वाधार र अध्यास यहाँ देखियो,’ शैक्षिक अवलोकनमा आएका नेपाल लोकसेवा माविका प्रधानाध्यापक लोकराज भण्डारीले भने, ‘हामी पनि यहाँका राम्रा अभ्यासलाई तत्काल लागू गर्नेछौं ।’ विद्यालयमा अभिभावको निगरानी, सिकाइ उपलब्धि, कक्षाकोठा सजावट, शिक्षक र अभिभावकबीचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सीसी क्यामेराको व्यवस्था, दैनिक अभिभावकको अनुगमनलगायत पक्ष अनुकरणीय रहेको उनको भनाइ छ । निजी विद्यालयसमेत छोडेर भर्नाका लागि आउने विद्यार्थीलाई प्रवेश परीक्षाको व्यवस्था गर्नु सकारात्मक भएको भन्दै भण्डारीले प्रवेश परीक्षाले समेत विद्यार्थीको गुणस्तरीय शिक्षामा सहयोग पुगेको बताए । अभिभावकले समेत विद्यालयमा हुने दैनिक अनुगमनसहितका गतिविधिबारे जानकारी गराएपछि भ्रमणमा आएका अभिभावक सङ्घका पदाधिकारीले शैक्षिक गुणस्तर बढाउन अभिभावकको भ्रमणसमेत महŒवपूर्ण हुने बताएका थिए । २०११ सालबाट अस्थायी रूपमा सञ्चालन भएको उक्त विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता पाएको थियो । २०६३ सालदेखि माध्यमिक तहको परीक्षामा सहभागी यो विद्यालय हरेक वर्ष सामुदायिक विद्यालयमध्ये उत्कृष्ट रहँदै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)