ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनिग्लोबको बुट क्याम्प

Jan 11, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । युनिग्लोब कलेजका युवा विद्यार्थीले शुरू गरेको ‘प्रथम व्यापारिक/व्यावसायिक योजना प्रतियोगिता २०७४’को बुट क्याम्प सम्पन्न भएको छ । सोमवार र मङ्गलवार आयोजित उक्त प्रतियोगितामा पहिलो चरण पार गर्न सफल १० प्रतियोगी समूहलाई सैद्धान्तिक र प्राविधिक विषयबारे जानकारी दिन बुट क्याम्प गरिएको हो । उक्त क्याम्पमा उद्यमशीलतामा विशेषज्ञता हासिल गरेका डा. खगेन्द्र ओझा, सोहन बाबु खत्री, निरज खनाल, पुष्कर शर्मालगायतको सहभागिता थियो । क्याम्पमा सोहनबाबु खत्रीले व्यवसाय विकासको तथा व्यापारिक रणनीतिबारे जानकारी दिए । यसैगरी अधिवक्ता अञ्जन दाहालले व्यवसाय गर्दा ध्यान दिनुपर्ने कानूनी प्रक्रियाबारे आवश्यक जानकारी दिए । यसबाहेक अन्तरप्रेरणाका संस्थापक निरज खनालले हाल देशमा उद्यमशीलताको अवस्थाबारे प्रतियोगीलाई जानकारी दिनुका साथै युवा रोजगारमा भन्दा व्यापार तथा व्यवसायमा लैजान जोड दिए । यसअघि अन्तरप्रेरणासँग आबद्ध नेदरल्याण्डका उद्यमशीलता विशेषज्ञ बव डी योङले नेपालमै पहिलोपटक ‘लिन क्यानभास मोडल’को बारेमा प्रतिस्पर्धीलाई जानकारी दिएका थिए । विद्यार्थी जीवनमा सैद्धान्तिक रूपमा मात्र अध्ययन गर्दै आएको र यस क्रममा विद्यार्थीको दिमागमा आउने गरेका सृजनशील विभिन्न नयाँ योजना मरेर जाने, तर प्रयोगमा नआउने भएकाले विद्यार्थीकै सहभागितामा यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । यो प्रतियोगिताको अन्तिम छनोट भने आगामी शनिवार हुने आयोजक युनिग्लोब कलेज सेण्टर फर आन्त्रप्रेनरशिपले उल्लेख गरेको छ । चितवनमा केन्द्रीय कार्यालय रहेको विराज पेण्ट्स प्राइभेट लिमिटेडको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा विजेतालाई रू. १ लाखको नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट व्यावसायिक सोच (बिजनेश आइडिया) लगानीकर्तालाई मन परेमा विद्यार्थीले उक्त सोच तथा योजना (प्रस्तुत कार्यपत्र) बेच्न सक्नेछन् । उक्त योजना राम्रो लागेमा लगानीकर्ता र सहभागी विद्यार्थीबीच समझदारी भई व्यवसाय सञ्चालन गर्न सक्नेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)