ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यपश्चिमाञ्चलले ल्यायो एयर सस्पेन्सन बस

Jan 12, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
पुस २८, सुर्खेत । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी सङ्घ सुर्खेतले आधुनिक सेवा सुविधासहितका एयर सस्पेन्सन बस भित्र्याएको छ । यात्रुको सुविधालाई ध्यानमा राखेर करीब रू. चार करोड लागतमा सुर्खेत–काठमाडौं रुटका लागि पाँच ओटा बस भित्र्याएको हो । यसअघि डिलक्स सस्पेन्सन सेवा दिँदै आएको सङ्घले मङ्गलवारबाट एयर सस्पेन्सन बस सञ्चालन गर्ने सङ्घका सचिव नारायण चपाईले बताए । उनले हाइड्रोलिक प्रविधि रहेको एयर सस्पेन्सन बसमा हावाको प्रेसरका कारण यात्रुलाई कच्ची बाटोमासमेत आन्नद आउने दाबी गरे । उनका अनुसार स्तरीय सेवा सुविधासहितको एयर सस्पेन्सन बसमा यात्रा गर्न अब यात्रुलाई सहज हुनेछ । ‘जाँडोमा हिटर, गर्मीमा एसी, फ्रिवाइफाई, ४२ इन्चको एलईडी टिभी, पानी, कुरमुरे र विष्कुट जस्ता वस्तुहरु यात्रुलाई निशुल्क व्यवस्था गरिएको छ,’ चपाईले भने । बसको भाडा प्रति व्यक्ति १५ सय ८५ रुपैयाँ तोकिएको छ । ३९ ओटा सीट रहेको एयर सस्पेन्सन बस सुर्खेतबाट बेलुका ५ः१५ बजे र काठमाडौंबाट बेलुका ५ बजे छुट्ने सचिव चपाईले जानकारी दिए । उनका अनुसार सङ्घले सुर्खेत–काठमाडौ रुटमा ५ ओटा डिलक्स सस्पेन्सन, ६ ओटा एसी, ११ ओटा डिलक्स र २३ ओटा सुपर देउती नामक बसहरु सञ्चालन गर्दै आईरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)