ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘म्याग्दीको विकासका लागि प्राकृतिक स्रोत र रेमिट्यान्स उपयोग हुनुपर्छ’

Jan 15, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । शुक्रवार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छैटौं म्याग्दी महोत्सवको उद्घाटन गर्दै प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्ने बताए । कालीगण्डकी करिडोर, कोरला र नेचुङनाका र पूर्व पश्चिम रेलमार्गजस्ता नेपालको विकासका लागि दीर्घकालीन महŒवका योजनासँगै म्याग्दीको समृद्धिका विषयलाई पूर्वप्रधानमन्त्री दाहालले जोड दिएपछि म्याग्देली खुशी भएका थिए । सबैले आर्थिक समृद्धिको कुरा गरिरहेको बेला प्रदेश नं ४ मा पर्ने म्याग्दी जिल्लाको लागि वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्स र प्राकृतिक स्रोतको सदुपयोगबाट सम्भव रहेको सरोकारवाला बताउँछन् । वैदेशिक रोजागर, जलविद्युत्, पर्यटन, जडीबुटी, खनिज, पशुपालन र कृषि यी सातओटा स्रोतलाई उपयोग गर्न सक्ने हो भने जिल्लाको परिवर्तन निश्चित रहेको म्याग्दीका राजनीति कदल र उद्योगी व्यवसायीले बताएका हुन् । वार्षिक करीब ४ अर्बको रेमिट्यान्स भित्रिने म्याग्दीमा प्राकृतिक स्रोतको उपयोग गर्र्नेे हो भने १० वर्षमा नै म्याग्दी सबै कुरामा समृद्ध बन्न सक्ने उनीहरूको भनाइ छ । ‘करीब ५ वर्षसम्म म्याग्देली युवाले विदेशमा कमाएर पठाएको पैसालाई अन्यत्र लगानी नगरी जिल्लाभित्रका प्राकृतिक स्रोतहरूको (पर्यटनका पूर्वाधार, जलविद्युत्, खानी सञ्चालन, पशुपालन, कृषि र जडीबुटी) क्षेत्रमा लगानी गरी त्यसबाट व्यावसायिक लाभ लिन सक्ने वातावरण सरकारले बनाउन सक्यो भने १० वर्षमा म्याग्दी समृद्ध जिल्ला बन्छ,’ म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए । समृद्ध र उज्यालो म्याग्दीको भविष्य यहाँ रहेका जलविद्युत् आयोजनाको भविष्यसँग जोडिएको छ । ‘कालीगण्डकी, म्याग्दी, रघुगङ्गाजस्ता नदीहरूबाट म्याग्दीमा २ हजार २ सय मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने भए पनि राज्यबाट झन्झटिलो भएकाले बन्न नसकेको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । कालीगण्डकी करिडोरको निर्माणसँगै प्राचीन समयमा भारत र भोट (तिब्बत)को प्रमुख व्यापारिक नाका बेनीबजारको भविष्य पुनः चम्किलो हुने स्थानीय व्यापारी बताउँछन् । वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिने म्याग्दीमा समृद्धिको भरपर्दो आयस्रोत पर्यटन व्यवसाय नै रहेको छ । तर, पर्यटकका लागि आवश्यक पूर्वाधारहरूको कमी भने यस क्षेत्रको मुख्य चुनौती रहेको पर्यटन व्यवसायीले बताएका छन् । पछिल्लो एक तथ्याङ्कअनुसार पर्यटकमार्फत म्याग्दीमा राज्यबाट पाउने रोयल्टी बाहेक वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)