ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र बजारमा पाँच म्युचुअल फण्ड थपिने

Jan 16, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । धितोपत्र बजारमा म्युचुअल फण्ड थपिने क्रम जारी रहेको छ । हाल १२ फण्डको एकाइ नेप्सेमा कारोबार भइरहेको छ भने ५ फण्ड थपिने क्रममा रहेका छन् । आइतवारमात्र सिद्धार्थ इक्विटी फण्डले नेप्सेमा कारोबार शुरू गरेका हुन् । म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले नियमन र निरीक्षण गर्ने गर्दछ । हाल बोर्डको वेबसाइटलाई आधार मान्दा एकाइ विक्रीको स्वीकृति पाएका ३ र स्वीकृतिको पर्खाइमा रहेका २ म्युचुअल फण्डहरू धितोपत्र बजारमा प्रवेश गर्नेछन् । सेबोनबाट स्वीकृति पाएकामध्ये सानिमा इक्विटी फण्डले एकाइ विक्री खुला गरी बाँडफाँटसमेत गरिसकेको छ । अन्य दुई एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स म्युचुअल फण्ड–१ ले मङ्गलवारदेखि एकाइ विक्री खुला गर्दै छन् । यी दुवै फण्डले १० करोड एकाइ विक्री खुला गर्ने भएका हुन् । एकाइ विक्रीको स्वीकृतिको पर्खाइमा रहेका ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ र एनआईबीएल सहभागिता फण्डको निवेदनको अवस्था भने सेबोनले छानविनको प्रारम्भिक चरणमै रहेको उल्लेख गरेको छ ।

विशेषगरी, बोर्डमा दर्ता भई नेपाल स्टक एक्सेचञ्जमा सूचीकृत भएका धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र, टे«जरी बिललगायत बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा म्युचुअल फण्डहरूले लगानी गर्ने गर्दछन् । यस्ता फण्ड निश्चित अवधिको बन्दमुखी र खुलामुखी दुई किसिमका हुन्छन् । हाल बजारमा रहेका अधिकांश योजानाहरू बन्दमुखी रहेका छन् । ती योजनाहरूको परिपक्व अवधि ५ देखि ७ वर्षसम्मको रहेको छ । परिपक्व अवधिभर लगानी गरेर आर्जित मुनाफा वार्षिक रूपमा वितरण गरिन्छ । यसमा एकाइ नथपिने हुनाले नाफा वितरण गर्दा नगद लाभांशमात्र वितरण गर्ने गरिन्छ भने परिसपक्व भइसकेपछि सबै सम्पत्ति विक्री गरेर प्राप्त रकम पनि एकाइधनीहरूलाई फिर्ता गर्ने गरिन्छ । म्युचुअल फण्डमा लगानी गर्न ठूलो पूँजीको आवश्यकता नपर्ने हुनाले पनि लगानीकर्ताको आकर्षण यस्तो एकाइप्रति बढी भएको पाइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)