ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको पहिचान बन्दै अल्लोका कपडा

Jan 17, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । घरेलु शीप र प्रविधिमा आधारित रहेर जिल्लाका उद्यमीले तयार पारेको अल्लो पुवाका कपडा म्याग्दी जिल्लाको पहिचान बनेका छन् । जिल्ला लघुउद्यम विकास समिति म्याग्दीको आर्थिक र प्राविधिक सहयोगमा म्याग्दीका लघुउद्यमीले सदरमुकाम बेनी र धवलागिरि गाउँपालिकाको ताकममा जङ्गलमा खेर गइरहेको अल्लो पुवालाई प्रशोधन गरी धागो निकालेर त्यसबाट कपडा उत्पादन गर्दै आइरहेका छन् । स्थानीयस्तरमा चाल्नेसिस्नो भनेर चिनिने अल्लो पुवाबाट निर्मित कपडा बलियो, आकर्षक र न्यानो हुने भएकाले त्यस्ता कपडाको माग बढ्दै गएको लगनशील ढाका उद्योग बेनीकी सञ्चालक लीलादेवी पुनले बताइन् । ढाका उद्योगको नाममा दर्ता भए पनि पुनले सञ्चालन गरेको उद्योगमा अल्लोका कपडा निर्माण हुँदै आएका छन् । अल्लोबाट पुनले शिरमा लगाउने टोपीदेखि पाउमा लगाउने जुत्तासम्ममा सामग्री निर्माण गर्दै आएकी छन् । त्यसका अतिरिक्त स्वीटर, गलबन्दी, झोला, हातेब्याग, कोट, इष्टकोटलगायत सामग्री उनको उद्योगमा बन्ने गरेका छन् । त्यसैगरी, धवलागिरि गाउँपालिकाको ताकममा अल्लो कपडा उद्योग सञ्चालन गरेका किरण थापाले पनि अल्लोपुवाबाट कपडा निर्माण गर्दै आएका छन् । ‘अल्लोका कपडाको माग बढेको छ,’ थापाले भने, ‘नेपालमा मात्रै होइन, विदेशमा समेत यसको माग उच्च छ ।’ म्याग्दीमा जारी छैटौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति एवम् ४ नं. प्रदेशस्तरीय औद्योगिक, कृषि, व्यापारिक तथा पर्यटन मेलामा अल्लोका कपडाको स्टल पनि सबैको आकर्षणको केन्द्र बनेको छ । प्रचारप्रसार र बजारीकरण गर्न सक्ने हो भने अल्लो कपडा उद्योगबाट म्याग्दीमा सयौं व्यक्तिले रोजागारी पाउनुका साथै आयआर्जनको बलियो माध्यम बन्न सक्ने उद्यमीले बताएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)