ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१५ करोड लगानीमा घोराहीमा होटल ‘माला इन’

Jan 17, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
माघ ३, दाङ । दाको घोराहीमा करीब रू. १५ करोड लगानीमा होटल ‘माला इन’ सञ्चालनमा आएको हो । होटेल राप्तीमै ठूलो लगानी, आधुनिक र सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको माला इन प्रालिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । होटलमा व्यवस्थित र सुविधा सम्पन्न ५१ ओटाटा कोठा, चार ओटा कार्यक्रम हल, लिफ्टलगायतको व्यवस्था रहेको प्रालिका अध्यक्ष ओविन्द्रबहादुर महराले बताए । होटलको भौतिक पूर्वधार निर्माणमा करीब १५ करोड लगानी भएको र जग्गासहित करीब ३० करोड पूँजी रहेको प्रालिले बताएको छ । होटलको औपचारिक उद्घाटन भने बिहीवार मात्रै हुने अध्यक्ष महराले जानकारी दिए । होटलमा विभिन्न स्वदेशि तथा विदेशी खाना तथा परिकारको व्यवस्था भएको प्रालिले बताएको छ । अण्डर ग्राउण्डसहित ६ तलाको रहेको उक्त होटलमा रुम चार्ज न्यूनतम दुई हजारदेखि अधिकतम सात हजारसम्म रहेको छ । होटल करीब ६ कट्ठामा निर्माण भएको छ । होटल राप्तीकै सुविधा सम्पन्न भएकाले यसलाई ‘थ्री’ स्टारका लागि निवेदन दिएको बताउँदै अध्यक्ष महराले होटलले सबै मापदण्ड पूरा गरेकाले सो को मान्यता पाउने विश्वास व्यक्त गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)