ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका पर्यटकलक्षित होटलमा १ अर्बभन्दा बढी लगानी

Jan 18, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । पर्यटक आउने क्रम बढेसँगै राउण्ड अन्नपूर्ण र राउण्ड धवलागिरिलाई समेटेको पर्यटकीय जिल्ला म्याग्दीमा होटलको सङ्ख्या वृद्धि भएर १ सय २० पुगेको छ । २ वर्षअघि पर्यटक लक्षित ८७ होटल रहेको म्याग्दीमा यसबीचमा ३३ ओटा नयाँ पर्यटक लक्षित होटल थप भएका हुन् । यी सबै होटलमा गरी १ अर्बभन्दा बढी लगानी भएको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जानकारी दिएको छ । म्याग्दीको सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिँगा, दानालगायत ठाउँमा सञ्चालन भएका होटलमा पर्यटकलाई आवश्यक पर्ने खाना, सुविधाजनक वास, सञ्चार, तातोचिसो पानीलगायत सम्पूर्ण सुविधा उपलब्ध छन् । वार्षिक ३० हजारको अनुपातमा तेस्रो मुलुकका पर्यटक भित्रिने म्याग्दीमा घरेलु तथा साना उद्योग विकास समितिमा २०५२ सालयता १ सय २० होटल दर्ता भएका छन् भने अन्य होटल प्नि खुल्ने क्रम जारी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका अध्यक्ष लीलाराम गौतमले बताए । गौतमका अनुसार म्याग्दीका होटलमा २ सय ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा मात्र नयाँ होटल दर्ता एवम् पुरानाको नवीकरणवापत समितिले २ लाख २८ हजार ९ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । म्याग्दीमा १ लाखदेखि २ करोड रुपैयाँभन्दा बढी लगानी रहेका होटल खुलेका र म्याग्दीका सबैजसो गाउँमा खाने बस्ने सुविधा भएका होटल रहेको होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष गोपाल पौडेलले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)