ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकी ६ महीनाको समयसीमा जीवनबीमा कम्पनीहरूको पछिल्लो प्रगति

Jan 19, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । बीमा कम्पनीहरूले तोकिएको चुक्तापूँजी पुर्‍याउने अवधि मात्र ६ महीना बाँकी छ । बीमा समितिले आगामी असार मसान्तभित्र तोकिएको चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको हो । पूँजीवृद्धिका लागि कार्ययोजनासहित कम्पनीहरू प्रक्रियागत रूपमा अघि बढ्ने क्रम जारी रहेको छ । कतिपय कम्पनीले गतवर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय वार्षिक साधारणसभाबाट पारित गराइसकेका छन् । भने कतिपयले पारित लाभांश निष्कासनका लागि नियामक निकायको स्वीकृतिका लागि प्रक्रिया अघि बढाएका छन् । हकप्रद र बोनसलाई अधिकांशले पूँजीवृद्धिको योजनामा समेटेअनुसार सोहीबमोजिम कम्पनीहरू अघि बढेका हुन् । बीमा समितिमा कम्पनीहरूले बुझाएको पूँजीवृद्धि कार्ययोजनाअनुसार आव ०७३/७४ को नाफाबाट वितरण गरिएको लाभांशपश्चात् कतिपय कम्पनीहरूले चालू आवको नाफाबाट लाभांश वितरण गरी तोकिएको चुक्तापूँजी पुर्‍याउने योजना बनाएका छन् । जीवनबीमा कम्पनीहरूको हालसम्मको अवस्थालाई हेर्दा कतिपय कम्पनीले गतवर्षको साधारणसभासमेत गर्न नसकेको अवस्था छ । जीवनबीमा कम्पनीहरूले बीमाङ्कीय मूल्याङ्कन र त्यसपश्चात् बीमा समितिको स्वीकृतिलगायत प्रक्रियाले साधारणसभा आयोजना गर्न ढिलाइ भएको गुनासो गर्ने गरेका छन् । त्यसैले कम्पनीहरूले बनाएको कार्ययोजनालाई व्यवहारमा ल्याउन पूरा गर्नुपर्ने प्रावधान केही कम्पनीको अधुरै रहेको छ । जीवन बीमा कम्पनीहरूमध्ये नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको लामो समयदेखिको लेखापरीक्षण गर्न बाँकी रहेको छ । अर्थमन्त्रालयबाट पूँजीवृद्धिका लागि पेश गरेको कार्ययोजनाको सम्बन्धमा सैद्धान्तिक सहमति प्राप्त गरेको जानकारी दिएको छ । बीमा संस्थानका प्रशासक सुरेन्द्र थापाले आव ०६९/७० को प्रारम्भिक प्रतिवेदन यसै हप्ता प्राप्त हुने जानकारी दिँदै चाँडै आव ०७०/७१ को लेखापरीक्षण शुरू हुने बताए । उनले हाल संस्थापकको मात्र शेयर स्वामित्व रहेको संस्थानमा सर्वसाधारणलाई पनि समेट्ने योजनाअनुसार संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने योजना रहेको उल्लेख गरे । तोकिएको समयभित्रै संस्थानले पूँजी पुर्‍याउने उनको विश्वास रहेको छ । संस्थानले आव ०६३/६४ देखि ०६५/६६ सम्मको प्रतिवेदन पारित गर्दै कात्तिक १७ गते ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो ।

जीवनबीमा व्यवसाय गर्दै आएको मेट लाइफ एलिको र नेपाल लाइफ इन्स्योरेन्सबाहेक अन्य कम्पनीहरूको पछिल्लो अवस्थालाई हेर्दा धेरै जसो कम्पनीले हकप्रद जारी गर्ने तयारी गरेका छन् । नेपाल लाइफले चुक्तापूँजी पु¥याइसकेको र मेट लाइफ विदेशमा केन्द्रीय कार्यालय भई नेपालमा शाखा सञ्चालन गरेको कम्पनी भएकाले यसले चुक्तापूँजीको विकल्पमा छुट्टै कोष खडा गर्नुपर्नेछ । बीमा संस्थान र लाइफ इन्स्योरेन्स कर्पोरेशनबाहेक एशियन लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, गुराँस लाइफ र प्राइम लाइफले हकप्रद निष्कासनको प्रक्रिया अपनाइसकेका छन् । यीमध्ये एशियन लाइफले स्वीकृति पाइसकेको अवस्था छ । हकप्रदपश्चात् चालू आवको नाफाबाट बोनस वितरण गरी एशियनको तोकिएको पूँजी पुर्‍याउने योजना छ । त्यस्तै, नेशनल लाइफको ६० प्रतिशत हकप्रद निष्कासनपश्चात् तोकिएको चुक्तापूँजी पुग्ने देखिन्छ । गुराँसले आव ०७२/७३ को नाफाबाट हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको हो । यसपश्चात् आव ०७३/७४ को नाफाबाट बोनसपश्चात् हकप्रद वितरण गर्ने योजना रहेको छ । सूर्या लाइफले पनि आव ०७२/७३ को नाफाका आधारमा हकप्रद जारी गर्ने तयारी गरेकाले यसपछि गतवर्षको नाफाबाट बोनस वितरण गरी पूँजी पुर्‍याउनेछ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले पूँजीवृद्धिका लागि बोनसको बाटो रोजेको छ । गतवर्ष र यस वर्षको नाफाबाट बोनस वितरणको योजना बनाएको लाइफ इन्स्योरेन्सले गतवर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको जानकारी कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोस दास्तीदारले जानकारी दिएका छन् । उनले गतवर्ष र यस वर्षको नाफाबाट बोनस वितरण गरी तोकिएको चुक्तापूँजी पुर्‍याउने योजना रहेको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)