ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अत्तरियामा खुल्यो पेण्ट्स उद्योग

Jan 24, 2018  
Uncategorized
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । प्रदेश नम्वर ७ (साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र)मा पहिलोपटक पेण्ट्स उद्योग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा सर्वोत्तम पेण्ट्स इण्डष्ट्रिज नामक उद्योग स्थापना गरिएको र सर्वोत्तम नामक पेण्ट्सको उत्पादन थालेको उद्योगका व्यवस्थापक नवीनप्रसाद भट्टले बताए । डेढ वर्षअघि शिवसिंह कार्की र लक्ष्मीदत्त पाण्डेयको संयुक्त लगानीमा उद्योग स्थापना गरिएको हो । उद्योगमा हालसम्म करीव ५ करोड रुपैयाँ लगानी भएको व्यवस्थापक भट्टले बताए । डेढ वर्ष अघिबाटै उत्पादन थालेको उक्त उद्योगबाट उत्पादित पेण्ट्सको माग सुदूरपश्चिममा मात्रै नभएर मध्यपश्चिममा पनि बढ्दो रहेको उनको भनाइ छ । यो अवधिसम्ममा सुदूरपश्चिममा सर्वोत्तम पेण्ट्स विक्रीका लागि १२ तथा मध्यपश्चिममा आठ डिलर नियुक्त गरिसकेको उनको भनाइ छ । ‘बुटवल तथा काठमाडौंबाट समेत माग आएकाले डिलर नियुक्तिको तयारी गरेको छौं,’ उनले भने । कम्पनीका उत्पादन हाल १, ५, १० र २० किलो तौलमा बजारमा उपलब्ध रहेको उनले जानकारी दिए । थोरै मात्रामा स्थानीय तथा भारतबाट कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको उद्योगको दैनिक उत्पादन क्षमता २५ टनभन्दा बढी भए पनि सिजनमा १० र अहिले दैनिक ५ टन उत्पादन गर्दै आएको छ । अहिले गोदाम घर निर्माण गरिरहेको उद्योगमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दक्ष जनशक्तिका लागि भने भारतकै भर पर्नुपरेको व्यवस्थापक भट्टले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)