ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पेट्रोल आन्दोलन, विद्यार्थी नेता र नयाँ नेपालको परिदृश्य

Jun 25, 2019  
Uncategorized
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
सत्ताको दाउपेच र संविधानसभाको काम कारबाहीलाई बिर्सने हो भने विगत केही दिनमा नेपालमा दुईवटा विशेष महत्वका घटना भए । पाठ्यपुस्तक नभएको भन्दै देशभरका विद्यालयहरु करिब एक साता बन्द भएपछि पढ्न नपाएका स्कुले विद्यार्थी पाठ्यपुस्तकको माग गर्दै सडकमा उत्रिए । अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा थप छुटको माग गर्दै सत्तारुढ दलका भ्रातृ संस्थाका रुपमा रहेका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिए । ‘सत्ता राजनीतिको स्वाद चाखिरहेका’ हरुले खासै महत्व नदिएका र अहिले साम्य भएजस्तो देखिएका यी दुईवटै घटना वास्तविक रुपमा दूरगामी असर पार्ने खालका छन् । ‘नयाँ नेपाल’को प्रारम्भिक दिनमै भएका यी घटना कतै साँच्चे नै ‘नयाँ नेपाल’को भावी परिदृश्य नबनून् । भन्ने गरिन्छ, विद्यार्थी र तिनका संगठनहरु राष्ट्रकै ‘वाचडग’ हुन् । तिनीहरु खराब कामको विरुद्ध जहिले पनि सडकमा उत्रन्छन् र राम्रो कामका लागि सहयोगी भूमिका खेल्छन् । विश्वव्यापी रुपमा रहेको यो मान्यता नेपालमा असत्य साबित भएको छ । आफूलाई बौद्धिक समुदाय भन्न रुचाउने विद्यार्थीहरुले जहिले पनि बुद्धिभन्दा बल प्रयोगलाई नै महत्व दिने गरेका छन् । देश र जनताको अवस्था जेसुकै होस्, आफ्नो स्वार्थ पूरा गराउन उनीहरु जे पनि गर्छन् भन्ने कुराको सबैभन्दा बलियो प्रमाण नै ती दुई घटना हुन् । पाठ्यपुस्तकको अभावमा देशभरका विद्यालय बन्द हुँदा, पढ्न नपाएका विद्यार्थी सठकमा उत्रेर कापी किताब माग गरिरहँदा कुनै पनि विद्यार्थी संगठनले आन्दोलन गर्ने कुरा त परै छोडौं, त्यसबारेमा खासै ध्यान दिएनन् । वर्ष ३, अंक ४३, २०६५, असार १६–२२
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)