ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यापारिक तथा पर्यटन महोत्सव गर्दै दाङ जिल्ला उवासङ्घ

Jan 24, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले फागुनमा ‘दाङ व्यापारिक कृषि एवम् पर्यटन महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी’ गर्ने भएको छ । जिल्लाको सदरमुकाम घोराहीमा फागुन ३ देखि १३ गतेसम्म महोत्सव सञ्चालन गर्ने सङ्घले मङ्गलवार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महोत्सवले समग्र प्रदेशको विकासमा सहयोग पुर्‍याउने मूल आयोजक समितिका संयोजक एवम् सङ्घका अध्यक्ष नारायण भुसालले बताए । महोत्सवमा दाङसहित प्रदेश पाँचका सबै क्षेत्रका कृषि, व्यापार, पर्यटनलगायत स्टल रहनेछन् । महोत्सवले यस क्षेत्रको पर्यटनको विकास गर्नुका साथै कृषि, व्यापारलगायत विषयमा अझ नयाँ नयाँ अनुभव र अनुभूतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले बताएको छ । महोत्सव अवधिभर करीब ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संयोजक भुसालले बताए । महोत्सव घोराहीस्थित कृषि सामग्री कम्पनीको मैदानमा सञ्चालन हुनेछ । नारायणपुर महोत्सवको स्टल बुकिङ खुला दाङकै नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी शुक्रवारदेखि २३ गतेसम्म सञ्चालन हुने व्यापारिक कृषि तथा पर्यटन महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको छ । आयोजक समितिले मङ्गलवारदेखि नै स्टल बुकिङ खुला गरेको बताएको छ । महोत्सवमा २ सयभन्दा बढी स्टल राखिनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)