ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोर्सका नयाँ मोडलका गाडी सुर्खेतमा भित्रियो

Jan 24, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

माघ १०, वीरेन्द्रनगर । सुर्खेतमा नयाँ मोडलका फोर्स गाडी भित्रिएका छन् । फोर्स मोटर सुर्खेतको आधिकारीक बिक्रेता पि.एस. मोटर्स कम्पनीले फोर्सका नयाँ मोडलका गाडीहरु सुर्खेतको वीरेन्द्रनगरबाट विक्री वितरण थालेको हो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले ती गाडीहरुको विक्री थालेको जानकारी गराएको छ ।

सिद्धार्थ विश्वज्योती मल्टिप्रपोज कम्पनीका अध्यक्ष दिनेश आमात्यले नेपालमा नै पहिलो पटक सार्वजनिक गरिएको सुविधाजनक रोयल एयर सस्पेन्सल ट्राभलर लक्जरी फोर्स गाडी, फोर्स ट्राभलर एसी, जीजी एसी, ट्र्याक्स डिलक्स र स्कुल बस समेत नयाँ मोडलमा भित्रिएको र नेपालको पश्चिम भेगका लागि गाडी उत्तम रहेको बताए । उनले भने, ‘पश्चिम नेपालका लागि फोर्सले आफ्नो आधिकारिक बिक्रेतामार्फत दाङ्ग, नेपालगञ्ज, सुर्खेत र धनगढीमा नयाँ मोडलका गाडीहरु विक्री गरिरहेको छ ।’ उनले ग्राहकमुखी र अन्य कम्पनीका गाडीको तुलनामा सस्तो अनि बलियो रहेकोले फोर्स कम्पनिले नेपाली बजारमा लिड गर्ने बताए ।

यस्तै सुर्खेत स्थित पि.एस. कम्पनीका निर्देशक राजेन्द्र थापाले सुर्खेतको ग्रामीण एवम् शहरी सबै क्षेत्रका लागि फोर्स कम्पनीका गाडीहरुले सफलता पाईरहेको बताए । उनले फोर्स कम्पनीका गाडीहरु आकर्षक तथा बलियो रहेकोले बजार बिस्तारसँगै त्यसका लागि स्पेयर्स पाट्र्सहरुको राम्रो प्रबन्ध गरिएको बताए । पि.एस. मोटर्सले गाडीको पार्टस तथा सर्भिसमा दक्ष जनशक्तिको व्यवस्था गरिएको थापाले बताए ।

फोर्स कम्पनी इण्डियाका तर्फबाट सुनिल साखले गाडीका दुई मोडल अन्तरगत ट्राभलर टिटु लक्जरीको इन्जिनमा १८ महीनाको वारेन्टी र ट्र्याक्स डिलक्स इन्जिनमा तीन वर्षको वारेन्टी रहेको बताए ।

सुर्खेत उद्योग बाणिज्य सङ्घका उपध्यक्ष धन बहादुर रावतले रिवन काटेर फोर्स कम्पनिका नयाँ मोडेलका गाडी सार्वजनिक गरेका थिए भने गाडी खरीदकर्ता जाजरकोटका याम सिंह ठकुरी र दैलेख–९ का बखत बहादुर खड्कालाई कम्पनीको तर्फबाट गाडीको चाबी हस्तान्तरण गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)