माघ १४, काठमाडौं । राष्ट्र बैङ्कले तोकेबमोजिमको चुक्तापूँजी पुर्याउन फागुन २ गते हकप्रद शेयर निष्कासनको तयारीमा रहेको सिद्धार्थ बैङ्कको शेयरमूल्य बढ्दो प्रवृत्तिमा रह्यो । ५९ दिनको मैनबत्ती विश्लेषणले बढेको देखाएको हो ।
बैङ्कको चुक्तापूँजी हाल रू. ७ अर्बभन्दा बढी छ । ५९ दिनको कारोबारमा सबैभन्दा बढी मूल्य अक्टोबर ३० मा रू. ४ सय १२ र सोही अवधिमा कम मूल्य जनवरी ३ मा रू. ३ सय ५३ भएको छ । ५९ दिनको मूल्य ट्रेण्ड हेर्दा महँगिएमा रू. ३ सय ८२ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. ३ सय ६० मा टेवा पाउन सक्छ । ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ्लेग्ड डोजी आकृति बनेको छ । यस आकृतिले शेयरमूल्य घट्ने बढ्ने कुनै पनि सङ्केत देखाउँदैन । यस्तो अवस्थामा लगानीकर्ताले कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गर्नुपर्छ ।