माघ १४, काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कको शेयरमूल्य घट्दो प्रवृत्तिमा रह्यो । हकप्रद शेयर निष्कासनका लागि समायोजन भएर मूल्य घटेर रू. ५ सय ५५ बाट कारोबार भएको छ ।
५९ दिनको कारोबार अवधिमा सबैभन्दा उच्च मूल्य डिसेम्बर १० मा रू. ८ सय ९५ पुगेको छ भने मूल्य समायोजनपछि पछिल्लो समय शेयरमूल्य घटेको छ । ५९ दिनको मूल्य ट्रेण्ड हेर्दा महँगिएमा रू. ७ सय ७३ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. ५ सय ५५ मा टेवा पाउन सक्छ । ५९ दिनको कारोबार अवधिमा सामान्य डोजी आकृति बनेको छ । यस आकृतिले अन्योल स्थिति सृजना गर्दछ ।