हकप्रद शेयर निष्कासन गरिरेहको सेण्ट्रल फाइनान्सको शेयरमूल्यमा उतारचढाव रह्यो । ५९ दिनको मैनबत्ती विश्लेषणले यस्तो देखाएको हो ।
राष्ट्र बैङ्कले फाइनान्स कम्पनीको चुक्तापूँजी रू. ८० करोड पुर्याउन निर्देशन दिएको थियो । सोही कारण कम्पनीले चुक्तापूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गरेको हो । ५९ दिनको कारोबार अवधिमा सबैभन्दा उच्च मूल्य नोभेम्बर २९ मा रू. १ सय ९४ पुगेको थियो । ५९ दिनको मूल्य ट्रेण्ड हेर्दा महँगिएमा रू. १ सय ४३ मा प्रतिरोध र सस्तिएमा रू. १ सय ३४ मा टेवा पाउन सक्छ । ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बढ्ने सङ्केत दखाउँछ ।