ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीवृद्धिमा अग्रसर हुँदै विकास बैङ्क

Feb 5, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले तोेकेको चुक्तापूँजी पु¥याउन विकास बैङ्कहरू अग्रसर देखिएका छन् । राष्ट्र बैङ्कले थप गरेको अवधिमा तोकिएको चुक्तापूँजी पु¥याउन विकास बैङ्कहरू अग्रसर देखिएका हुन् । राष्ट्र बैङ्कले गत असार मसान्तसम्मको समय तोकेकोमा पूँजी पुर्‍याउन सकस भएपछि मौद्रिक नीतिमार्फत ६ महीनाको समयसीमा थप गरेको हो । राष्ट्र बैङ्कले राष्ट्रिय स्तरको विकास बैङ्कका लागि रू. २ अर्ब ५० करोड, ४ देखि १० जिल्ले विकास बैङ्कका लागि रू. १ अर्ब २० करोड र १ देखि ३ जिल्ले विकास बैङ्कका लागि रू. ५० करोड पु¥याउन निर्देशन दिएको हो । राष्ट्रिय स्तरका विकास बैङ्कमध्ये महालक्ष्मी विकास बैङ्क, गरिमा विकास बैङ्क, ज्योति विकास बैङ्क, कैलाश विकास बैङ्क र मुक्तिनाथ विकास बैङ्कले तोकेको पूँजी पुर्‍याएका छन् । पूँजीवृद्धिका लागि देवः विकास बैङ्कले १० बराबर ४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मङ्सिर १३ गते निवेदन दिएको छ । स्वीकृति पाएसँगै बैङ्कले ६५ लाख ३३ हजार १ सय ८ दशमलव ५९ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । सो हकप्रद शेयर बाँडफाँटपछि पूँजी रू. २ अर्ब २८ करोड ६५ लाख पुग्नेछ । त्यसैगरी, लुम्बिनी विकास बैङ्कले पनि पूँजीवृद्धिका लागि माघ ११ देखि १० बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गरिरहेको छ । सो हकप्रद शेयर बाँडफाँटपछि पूँजी रू. २ अर्ब २० करोड ९७ लाख पुग्नेछ । कामना सेवा विकास बैङ्कले पूँजीवृद्धिका लागि हकप्रदको बाटो रोजेको छ । बैङ्कले माघ १५ देखि १० बराबर १ दशमलव ५ अनुपातमा ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । सो हकप्रद शेयर बाँडफाँटपछि पूँजी रू. २ अर्ब ३७ करोड २१ लाख पुग्नेछ । साङ्ग्रिला डेभलपमेण्ट बैङ्कले १० बराबर ८ अनुपातमा पुस १७ गते १ करोड ८ लाख ६७ हजार ७ सय ९८ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । सो हकप्रद शेयर बाँडफाँटपछि पूँजी रू. २ अर्ब ४४ करोड ५२ लाख पुग्नेछ ।

पूँजीवृद्धिका लागि गण्डकी विकास बैङ्कले ४ बराबर १ अनुपातमा ४६ लाख ९ हजार ८ सय १५ दशमलव ५ कित्ता हकप्रद शेयर निष्कासन गरिसकेको छ । सो हकप्रद शेयर बाँडफाँटपछि पूँजी रू. २ अर्ब ३० करोड ४९ लाख पुग्नेछ । एनआईडीसी डेभलपमेण्ट बैङ्कको पूँजी रू. ४१ करोड ५८ लाख रहेको छ । यो बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कमा गाभिने भएको छ । टुरिजम डेभलपमेण्ट बैङ्क मेगा बैङ्कसँग मर्ज हुने भएको छ । यस बैङ्कको पूँजी रू. २ अर्ब १ करोड रहेको छ । १ देखि ३ जिल्लामा कार्यक्षेत्र भएका बैङ्कमध्ये नेपाल कम्युनिटी डेभलपमेण्ट बैङ्क, कञ्चन डेभलपमेण्ट बैङ्क, सप्तकोशी डेभलपमेण्ट बैङ्क र सिन्धु विकास बैङ्कबाहेक अन्य बैङ्कको पूँजी पुगेको छ । ४ देखि १० जिल्लामा कार्यक्षेत्र भएको शाइन रेसुङ्गा बैङ्कको पूँजी रू. १ अर्ब ३७ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमासमा हालसम्म प्रकाशित २३ विकास बैङ्कको वित्तीय विवरणअनुसार ७० प्रतिशत चुक्तापूँजी बढेको देखिएको छ । पूँजीवृद्धिका लागि बैङ्कहरूले बोनस र हकप्रदलाई माध्यम बनाएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)