ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघु उद्यममा महिला : चुल्होचौकोसँगै होजियारी उद्योग सञ्चालन

Feb 7, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । फलेवास नगरपालिका–४ रुग्दीकी अनुपा सापकोटालाई आजभोलि बोल्नेसम्म फुर्सद छैन । आफ्नो शीपको उपयोग गरेर होजियारी उद्योग सञ्चालन गरेपछि सापकोटा बेफुर्सदी बनेकी हुन् । उनले होजियारी उद्योग खोलेपछि राम्रै आम्दानी पनि गरेकी छिन् । परिवारको रेखदेखसँगै उनी दिनभर उद्योगमा काम गर्छिन् । आफ्नै लगानीमा दुईओटा मेशिन किनेर विगत ३ महीनादेखि उनले उद्योग सञ्चालन गरेकी हुन् । ऊनीको धागोबाट उनले स्वीटर, गलबन्दी, टोपी, पञ्जा, सुरुवाल, सल, टप्स, लेगिजजस्ता तयारी पोशाक उत्पादन गरेर विक्री गर्छिन् । ‘काठमाडौंमा केही दिन शीप सिके र पछि घरमै प्रशिक्षक ल्याएर तालीम लिएँ’ उनले भनिन्, ‘तालीमपछि पोशाक बनाउन सिकेँ ।’ सापकोटाले सिकेको शीप खेर फाल्न हुँदैन भन्ने सोचेर होजियारी मेशिन खरीद गर्ने योजना बनाइन् । ‘बैङ्कबाट ऋण लिएर ७२ हजारमा मेशिन किनेँ,’ उनले भनिन्, ‘मेशिन केही दिन गाउँमै राखेर काम गर्न थालेँ, गाउँमा बजारको समस्या हुने भएकाले सदरमुकाम झरेकी हुँ ।’ सदरमुकाम झरेपछि बजार बढेको सापकोटाले बताइन् । सदरमुकाममा रहेका बोर्डिङ स्कूलका पोशाक तयार गर्दै गरेको वेला शुक्रवार उद्योगमा भेट भएकी उनले दैनिक सातओटा स्वीटर तयार पार्ने बताइन् । उमेरले २७ वर्षकी उनले यहाँका फेन्सी पसलबाट पनि माग आउन थालेको बताइन् । ‘विद्यालय र फेन्सी पसलभन्दा फुटकर रूपमा बढी अर्डर आउने गरेको छ,’ उनले भनिन्, ‘अहिले आदर्श बोर्डिङ स्कूलको अर्डर पु¥याउन व्यस्त छु ।’ उनका श्रीमान्ले पनि काममा सघाउने गरेका छन् । दुवै जना लघु उद्यम विकास कार्यक्रममा कर्मचारी भएर केही वर्ष काम गरेका थिए । लघुउद्यम कार्यक्रम सञ्चालन गर्दै आएको घरेलु तथा साना उद्योग विकास समितिले पनि उनलाई तालीम दिन बोलाउने गरेको छ । तालीम दिएवापत पनि उनले अतिरिक्त आम्दानी गर्ने गरेकी छिन् । मासिक १ लाख ३० हजार रुपैयाँ कमाइ हुने गरेकोे उनले बताइन् । कच्चापदार्थ खरीदमा करीब ७० हजार खर्च हुने गरेको छ । शीप भएर पनि यत्तिकै बेरोजगार बस्ने महिलालाई उनले सफल उद्यमी बनेर गतिलो पाठ सिकाइरहेकी छिन् । श्रीमान् विदेश गएपछि त्यत्तिकै समय खेर फालिरहेका महिलालाई शीप सिकेर व्यवसाय सञ्चालन गर्न सुझाव दिन्छिन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)