ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेशस्तरीय महोत्सवको तयारी पूरा

Feb 8, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ को तयारी पूरा भएको आयोजकले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ ६ नम्बर प्रदेशले आयोजना गर्न लागेको महोत्सवको शुक्रवार उद्घाटन हुने भएको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा करीब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने आयोजकले दाबी गरेका छन् । वीरेन्द्रनगरमा हुने प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ लाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाले बताएका छन् । प्रादेशिक संरचनामा गइसकेपछि पहिलोपटक हुन लागेको प्रदेशस्तरीय महोत्सव सुर्खेतवासीको मात्र नभइ सम्पूर्ण प्रदेशवासीको प्रतिष्ठाको विषय भएको भन्दै यस्तो प्रतिबद्धता दिइएको हो । यसैगरी, महोत्सव मूल आयोजक समितिअन्तर्गत गठित सुरक्षा व्यवस्थापन समितिको बैठकमा जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायले पनि महोत्सवलाई दृष्टिगत गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले महोत्सवलाई सुरक्षित एवम् सभ्य बनाउनका लागि मादकपदार्थ तथा जुवालाई प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए । मादकपदार्थ तथा अन्य लागूपदार्थ प्रयोग गरी महोत्सवमा अवाञ्छित गतिविधि गर्नेलाई तुरुन्त पक्राउ गरी कारबाही गर्ने उनको भनाइ छ । प्रदेशभर उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि आयोजना गरिएको महोत्सवमा प्रदेशका १० ओटै जिल्लाको प्रतिनिधित्व हुनेछ । ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरण र उद्योग व्यापारमार्फत प्रदेशको समृद्धिका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा घरेलु, लघु, कृषि उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिने महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ प्रदेश नम्बर ६ का अध्यक्ष शाहीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)