ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पढाइ सुधार्न ‘उपचारात्मक कक्षा’

Feb 8, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुममा कमजोर विद्यार्थीको पढाइ सुधार्न उपचारात्मक कक्षा सञ्चालन गरिएको छ । पश्चिम रुकुमका सानीभेरी गाउँपालिकाका सिम्ली र गरायला तथा चौरजहारी नगरपालिकाका नुवाकोट र खोलागाउँमा कमजोर विद्यार्थीको सिकाइ क्षमता वृद्धिका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएको हो । एउटै कक्षामा अध्ययनरत सबै विद्यार्थीमध्ये तुलनात्मक रूपमा पढाइमा कमजोर रहेकाको सिकाइ स्तर बढाउन चौरजहारी नगरपालिकाका ११ र सानीभेरी गाउँपालिकाका १० विद्यालयले तीनमहीने छुट्टै उपचारात्मक कक्षा चलाएका हुन् । कक्षाका कमजोर विद्यार्थीको पढाइ सुधार गरी सबैको सिकाइ स्तर समान बनाउन विद्यालयले कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा सञ्चालन गरेका थिए । चौरजहारी नगरपालिकाका १०, ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिकाका ३, ४, ७, ८ र ९ नम्बर वडाका विद्यालयले उपचारात्मक कक्षा चलाएका छन् । बाल कल्याण आधारभूत विद्यालय चौरजहारी नगरपालिका–११, मुलडाँडाको कक्षा ३ की भरमाया डाँगीले हरेक दिन कक्षाका अलावा ९० मिनेट छुट्टै पढिन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा रहने उनले ३ महीनासम्म छुट्टै कक्षा लिएकी हुन् । जनप्रिय मावि सानीभेरी गाउँपालिका–९ को कक्षा २ मा पढ्ने यामराज ओली पनि विद्यालयसँगसँगै छुट्टै कक्षामा सहभागी भए । पढाइ सुधार्न जनप्रिय माविले सञ्चालन गरेको उपचारात्मक कक्षामा विद्यार्थीको दैनिक मूल्याङ्कन गरिँदै आएको छ । डाँगी र ओली मात्रै होइन, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका १ कक्षादेखि ३ कक्षासम्मका ३ सय ८५ विद्यार्थीले विद्यालयको अलावा छुट्टै कक्षा लिएका छन् । दोस्रो त्रैमासिक परीक्षा आउनु अघिसम्म उनीहरूले हरेक दिन ९० मिनेट विद्यालयको पाठ्यक्रमका अतिरिक्त अध्ययन गरेका छन् । विद्यालयको जस्तै दैनिक कार्यतालिका बनाएर २ सय ८ छात्रा र १ सय ७७ छात्रले थप कक्षा पढेका छन् । सरस्वती आधारभूत विद्यालय सानीभेरी–८ की प्रधानाध्यापक आशा रोकाले कमजोर विद्यार्थीको पढाइ सुधार्न ३ महीनासम्म उपचारात्मक कक्षा चलाएको जानकारी दिइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)