ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामुदायिक विद्यालयमा स्मार्ट कक्षाको तयारी

Feb 8, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयले कम्प्युटरको माध्यमबाट कक्षा सञ्चालनको तयारी गरेको छ । स्मार्ट कक्षाका लागि विद्यालयमा हाल केही कम्प्युटरको व्यवस्था भइसकेको छ । प्रधानाध्यापक यामप्रसाद शर्माका अनुसार विद्यालयमा शुरूमा जडान गरिएका १० ओटा कम्युटरको सहायताले शुरूमा अङ्ग्रेजी, विज्ञान र गणित विषयको कक्षा सञ्चालन गरिनेछ । यसपछि थप ३० ओटा कम्प्युटर जोडेर सबै कक्षालाई स्मार्ट बनाइनेछ । विद्यालयलाई सोर्डक नेपालमार्फत गूड नेबर्स इण्टरनेशनल नेपालले कम्प्युटर, प्रोजेक्टर र अन्य भौतिक सामग्री सहयोग गरेको थियो । प्रअ शर्माका अनुसार विद्यालयमा स्मार्ट कक्षा चलाउन करीब १२ लाख लागतमा प्राविधिक संरचना तयार भइसकेको छ । उक्त कक्षा सञ्चालनका लागि भवन निर्माणसमेत भएको छ । स्मार्ट कक्षामा प्रोजेक्टरको माध्यमबाट इण्टरनेटमा उपलब्ध शैक्षिक सामग्रीका आधारमा अध्यापन गरिनेछ । ‘विद्यार्थीको मागबमोजिम अब स्मार्ट कक्षा सञ्चालनको तयारीमा छौं,’ प्रअ शर्माले भने, ‘प्रविधियुक्त गुणस्तरीय शिक्षाले दक्ष जनशक्ति उत्पादन हुनेछन् ।’ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको बेला उक्त विद्यालयले स्मार्ट कक्षा सञ्चालनको तयारी गरेको विद्यार्थीको चाप बढेको छ । सबै शिक्षकलाई कम्प्युटर तालीम लिएर दक्ष बन्न निर्देशन दिइएको शर्माले बताए । शिक्षकलाई दक्ष नबनाई कक्षा स्मार्ट सञ्चालन गर्न समस्या हुने भएकाले प्राविधिक तालीमका कार्यक्रम भइरहेको उनले जानकारी दिए । फलेवास नगरपालिकाकाले आगामी शैक्षिक सत्रदेखि नपाका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने तयारी थालेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)