ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिलले ९३०२ प्रजातिको उखु किन्न अस्वीकार गरेपछि किसानहरु आन्दोलित

Feb 10, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

माघ २७, रौतहट । श्री राम सुगर मिल गरुडाले (सिऔपी) ९३०२ प्रजातिको उखु किन्न अस्वीकार गरेपछि किसानहरु आन्दोलित भएका छन । सो प्रजातिको उखुबाट चिनी उत्पादन पर्याप्त नभएको भन्दै उद्योगले अस्वीकार गरेको बताएको छ । विगतका वर्षमा सोही उद्योगले किन्दै आएको ती प्रजातिको उखु अहिले किन्न अस्वीकार गरेपछि किसानहरु आक्रोशित भएका हुन् ।

उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले उद्योग परिसरमा रहेका उखुको तौलमा ४० प्रतिशतसम्म कटौती गर्न थालेपछि आफूहरुले विरोध गरेको बताए । उद्योगमा सय क्विण्टल उखु तौल गराउँदा ६० क्विण्टलको मात्र मान्यता हुन थालेको र अन्य जातको उखुलाई पनि सोही व्यवहार गर्न थालेपछि किसान आक्रोशित भएको अध्यक्ष यादवको भनाइ छ । किसानले भने उद्योगकै खराबीका कारण यस्तो समस्या आएको हुन सक्ने बताएका छन् ।

स्थानीय प्रहरी प्रशासन, उद्योग र किसान प्रतिनिधिबीच उखुको परीक्षण गरी प्राविधिक रिपोर्टको आधारमा उखुको तौल कटौती गर्ने सर्वपक्षीय सहमति भएपछि तत्काललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको सङ्घका कोषाध्यक्ष मनोजकुमार सहनीले बताए ।

उद्योगले उक्त प्रजातिको उखु नलिँदा रौतहटका उखु किसान भने मर्कामा परेका छन् । एक क्विण्टल उखु किन्दा उद्योगले करीब सात किलोमात्र चिनी निकाल्ने भएकाले उद्योगले नै घाटा बेहोर्नु परेको उखु प्रवन्धक सियाराम साहले बताए ।

रौतहटमा यसपालि ७ हजार विगाहमा उखु खेति भएपनि ११ सय ३८ विगाहमा भने सो जातको उखु खेति भएको उनले बताए । मिलले पटक पटक सो जातको उखु नलगाउन अनुरोध गर्दा समेत किसानले नमानेका कारण वाध्य भएर मिलले उखु खरीद नगर्ने बताएको उखु प्रवन्धक साहले बताए । ०७१÷०७२ देखि नै सो जातको उखुमा समस्या देखिन थालेपछि किसानलाई खेति नगर्ने मिलले सुझाव दिएको उनले बताए । अहिले सो जातको उखुमा विभिन्न रोग देखा परेकाले अन्य बालीमा समेत सर्न सक्ने हुँदा सावधान रहन मिलले किसानलाई अनुरोध गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)