ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माइक्रोफाइनान्सको ऋणले फेरियो गुप्ताको जीवन

Feb 11, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहट चन्द्रपुर–४ बस्ने ३३ वर्षीय बेचनीकुमारी गुप्ताले माइक्रोफाइनान्सबाट ऋण लिएर व्यवसाय गरेकी छन् । माइक्रोफाइनान्सको सहयोगमा ठेलाबाट शुरू गरेको व्यापार अहिले किराना पसल भइसकेको छ । गुप्ताले चन्द्रनिगाहपुरमा रहेको इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबाट १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी लिएर शुरू गरेको व्यापार अहिले ५ लाखभन्दा बढीको पूँजीको भएको उनले बताइन् । माइक्रोफाइनान्समा आबद्ध भएका महिला तथा कर्मचारीको सहयोगमा आफूले प्रगति गरेको उनको भनाइ छ । विगतमा धेरै दुःख पाएको बताउँदै अहिले इन्फिनिटीले दिएको साथ नै प्रगतिको पथ भएकोे गुप्ताले बताइन् । घर व्यवहारमा टार्न निकै समस्या भोग्दै आएकी बेचनीले भनिन्, ‘अब दुःखका दिन गए ।’ पसलबाट मासिक २५ हजार रुपैयाँभन्दा बढी कमाउने उनले बताइन् । माइक्रोफाइनान्सबाट लिएको ऋणको सदुपयोग गरेर इमानदारीपूवक कारोबार गरेमा महिलाले पनि उन्नति गर्न सक्ने उनको बुझाइ छ । विपन्न तथा गरीब महिलाका लागि माइक्रोफाइनान्स भगवान सरह रहेको उनले बताइन् । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था चन्द्रनिगाहपुरका शाखा प्रमुख सन्तोष चौधरीका अनुसार ८ सय ६० जना महिला सदस्यमध्ये अधिकांशले विभिन्न व्यापार व्यवसाय तथा कृषि क्षेत्रमा लगानी गरेको बताए । शाखाले हालसम्म ४ करोड ५८ लाख रुपैयाँ लगानी गरेको उनले बताए । सो माइक्रोफाइनान्सले चन्द्रपुर, बृद्धावन, गुजरा नगरपालिकासहित बाराको निजगढसम्म कार्यक्षेत्र बनाएको छ । उनका अनुसार माइक्रोफाइनान्सले उनीहरूलाई आत्मनिर्भर मात्र नभई वित्तीय कारोबार गर्नसमेत सिकाएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)