ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकास र समृद्धिका लागि सहकार्य आवश्यक : खनाल

Feb 11, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । प्रदेश नं. ६ का प्रमुख दुर्गाकेशर खनालले प्रदेशको विकास तथा समृद्धिका लागि सहकार्य आवश्यक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ ६ नम्बर प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ मेलाको शुक्रवार उद्घाटन गर्दै उनले प्रदेशको मुहार फेर्न सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिए । ‘प्रदेश नं ६ जलविद्युत, वन, जडीबुटीलगायत प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी छ,’ उनले भने, ‘अब हामीसँग उपलब्ध स्रोतसाधनको उपयोग गर्ने बेला आएको छ ।’ उद्घादनका अवसरमा सहभागी सबैले प्रदेशको विकासका लागि राजनीतिभन्दा माथि उठेर समृद्धिको ढोका खोल्न आफूहरू लागिपर्ने बताए । महोत्सवले प्रदेशको राजधानी सुर्खेतलाई स्थापित गराउने तथा अपार अवसर बोकेको कर्णालीको प्राकृतिक सौन्दर्य तथा सम्पदाको पनि प्रवर्द्धनमा सहयोग पुग्ने क्षेत्रीय उद्योग वाणिज्य महासङ्घ ६ नम्वर प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए । प्रदेशका १० ओटै जिल्लाका उद्योग वाणिज्य सङ्घ सह–आयोजक भएकाले यसपटकको प्रदेशस्तरीय महोत्सव ६ नं. को महोत्सव भएको अध्यक्ष शाहीको भनाइ छ । फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने तथा १५ करोड रुपैयाँबराबरको कारोबार हुने आयोजकको अनुमान छ । प्रदेशको बलियो आधारका रूपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि, पर्यटन, खानीखनिज तथा जडीबुटी, स्थानीय कलासंस्कृति, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवर्द्धनका लागि पहिलोपटक प्रदेशस्तरीय महोत्सवमा अन्तरराष्ट्रिय स्टलसमेत राखिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)