ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फाइनान्स कम्पनीको चुक्ता पूँजी ४२% बढ्यो

Feb 11, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । १४ फाइनान्स कम्पनीको कुल चुक्ता पूँजी ४२ दशमलव ५४ प्रतिशत वृद्धि भएको छ । पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले उक्त अवस्था देखाएको हो । कम्पनीहरूले पूँजी वृद्धिका लागि बोनस र हकप्रद शेयर जारी गरेकाले पूँजी बढेको देखिएको छ । २८ फाइनान्स कम्पनीमध्ये केही मर्जरमा गइसकेका छन् भने कतिले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ । अहिलेसम्म १४ फाइनान्स कम्पनीले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । फाइनान्स कम्पनीलाई राष्ट्र बैङ्कले रू. ८० करोड चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएको थियो । राष्ट्र बैङ्कले गत असार मसान्तसम्मको समय तोकेको थियो । सो समयमा पूँजी पु।याउन सकस भएपछि मौद्रिक नीतिमार्फत ६ महीनाको समय सीमा थप गरेको हो । सोहीअनुसार पाँच फाइनान्स कम्पनीले ताकिएको चुक्ता पूँजी पुर्‍याएका छन् । हालसम्म पूँजी पु।याउने फाइनान्स कम्पनीहरू आईसीएफसी फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, गोर्खाज फाइनान्स, गूडविल फाइनान्स र युनाइटेड फाइनान्स हुन् । पूँजी वृद्धिका लागि सेण्ट्रल फाइनान्सले पुस २३ गतेदेखि २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गरिरहेको छ । सो हकप्रद शेयरको बाँडफाँटपछि पूँजी रू. ७८ करोड ९ लाख पुग्नेछ । त्यसैगरी पोखरा फाइनान्सले पनि १ बराबर शून्य दशमलव १५ अनुपातमा पुस ३० गतेदेखि हकप्रद शेयर निष्कासन गरिरहेको छ । सो हकप्रद शेयर बाँडफाँटपश्चात् रू. ७५ करोड ४१ लाख ५६ हजार पूग्नेछ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले पनि १० बराबर ८ दशमलव ३ अनुपातमा माघ १५ गतेदेखि हकप्रद शेयर निष्कासन गरिरहेको छ । सो हकप्रद शेयरको बाँडफाँटपछि यस कम्पनीको पूँजी रू. ६३ करोड २१ लाख पुग्नेछ । त्यसैगरी पूँजी वृद्धिका लागि मञ्जुश्री फाइनान्सले पनि १००ः५ अनुपातमा हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । माघ ९ गते सेबोनबाट स्वीकृति पाएको थियो । सो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ७६ अर्ब ५ करोड पुग्नेछ । यसरी हेर्दा थप गरेको समय सकिसक्दा पनि बाँकी फाइनान्स कम्पनीको पूँजी नपुग्ने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)