ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगमले भित्र्यायो दुई चिनियाँ जहाज

Feb 14, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले चीनमा निर्माण भएका थप २ जहाज नेपाल भिœयाएको छ । चीनको हार्विन एयरक्राफ्टले निर्माण गरेको वाई–१२ सिरिजका २ ओटा नयाँ विमान मङ्गलवार काठमाडौं उत्रिएका हुन् । चीनको हार्विनबाट अघिल्लो साता उडेका यी जहाज विमान कम्पनीकै पाइलटले ल्याएका हुन् । नाइन एन–एक्यू र नाइन एन–एकेभी कलसाइन रहेका यी विमान यसअघि नै खरीद सम्झौता भएर आउन बाँकी मध्येका जहाज हुन् । १७ सीट क्षमताका यी जहाज दुर्गम क्षेत्रका साँघुरो धावनमार्गमा समेत उडान गर्न मिल्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । नेपाल सरकार र चीन सरकारबीच २०६९ मा २ ओटा अनुदान र ४ ओटा सहुलियतपूर्ण ऋण गरी ६ ओटा जहाज नेपाल ल्याउने सम्झौता भएको थियो । सम्झौताबमोजिम २०७१ वैशाखमा पहिलो एमए–६० जहाज र कात्तिकमा वाई–१२ जहाज अनुदानस्वरूप आएका थिए । २०७३ मा अर्को एमए–६० र एउटा वाइ–१२ जहाज निगमले ल्याएको थियो । यी २ जहाज थपिएपछि निगमसँग आन्तरिक उडानका लागि ८ ओटा विमान हुने श्रेष्ठले जानकारी दिए । जहाज उडाउन पाइलट अभाव थपिएका जहाजबाट आन्तरिकतर्फका पुरानै गन्तव्यमा उडान गरिने भए पनि यी विमान सञ्चालनमा आउन भने केही समय लाग्ने देखिएको छ । चिनियाँ विमान उडान गर्न निगमसँग पाइलट नभएको र पाइलट लिएपछि मात्रै उडान गर्न सकिने श्रेष्ठले बताए । अहिले निगमसँग आन्तरिक उडानका लागि २ जना पाइलट र ५ जना को–पाइलट गरी जम्मा ७ जना पाइलट रहेको श्रेष्ठले जानकारी दिए । यसअघि आएका विमान उडान गर्न समेत पाइलटको समस्या परेको थियो । अघिल्लो पटक विमान आउँदा पनि नेपालको तर्फबाट अङ्ग्रेजी भाषा बुझ्ने चिनियाँ पाइलट र स्पेयर पार्टस् तथा मर्मतका लागि चिनियाँ पक्षसँग आग्रह गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले विमानस्थलमै सो कुराको आग्रह गरेपछि नेपालस्थित चिनियाँ राजदूत यु होङले समस्या सम्बोधन गर्ने बताएकी थिइन् । ६ ओटै जहाज नेपाल आइसक्दा समेत यो समस्या भने सल्टिएको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)