ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कक्षा ८ मा एक शिक्षक, दुई विद्यार्थी

Feb 15, 2018  
Uncategorized
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । नेपालगञ्ज–१५, जमुनाहास्थित हनुमान आधारभूत विद्यालयको कक्षा ८ मा एक शिक्षकले दुई विद्यार्थीलाई मात्र पढाउनुपरेको छ । कक्षामा दुई छात्रा र एक छात्र छन् । कक्षा ८ सम्म रहेको यो विद्यालयमा यो वर्ष मात्र विद्यार्थी कम भएको भने होइन । गतवर्ष यही कक्षामा चार विद्यार्थी थिए । विद्यालयको कक्षा ७ मा ६ जना छन् । ‘६ जना नै उपस्थित भएको दिन भेट्टाउन मुश्किल पर्छ,’ प्रधानाध्यापक रमेश श्रीवास्तवले भने । यो विद्यालयमा कक्षा ६ मा १०, ५ मा १५, ४ मा २१, ३ मा ३०, २ मा ४१ र १ मा ३९ जना विद्यार्थी छन् । शिक्षा अधिकारीहरूले यो सङ्ख्या पनि विद्यालयले धेरै देखाएको टिप्पणी गरेका छन् । २०७१ सालमा यो विद्यालयमा ३७ जना विद्यार्थी थिए । १२ जना दरबन्दीका शिक्षक रहेर केही वर्ष यो विद्यालयमा कक्षा ९ पनि सञ्चालन भएको प्रधानाध्यापक श्रीवास्तवले जानकारी दिए । विद्यार्थी नै कम भएपछि फेरि कक्षा ८ सम्ममा झारिएको छ । दरबन्दीका शिक्षक अहिले आठजना छन्, चारजना प्रावि र चारजना निमाविका । निजी विद्यालयमा विद्यार्थीको चाप बढेर सेक्शनमा कक्षा सञ्चालन भइरहेका बेला सुविधासम्पन्न सरकारी विद्यालयमा विद्यार्थी नपाउने अवस्था छ । हनुमान आधारभूत विद्यालयमा जमुनाहा, टङ्कपसरी र पिप्रहवा गाउँका बालबालिका पढ्न आउँछन् । यी गाउँहरू दशगजासँग जोडिएका छन् । यही वडामा अर्को एउटा नेपाल राष्ट्रिय आधारभूत विद्यालय छ । त्यहाँ पनि विद्यार्थीको सङ्ख्या न्यून छ । विद्यार्थी कम हुनुमा चेतनाको कमी, गरीबी, खुला सीमा, भाषा समस्यालगायत कारण रहेको प्रअ श्रीवास्तवले बताए । ‘खुला सीमाका कारण अलि ठूला हुनेबित्तिकै बालकहरू भारतबाट सामान ओसार्न शुरू गर्छन् र विद्यालय आउन छोड्छन्,’ उनले भने, ‘उनीहरूको नाम विद्यालयको रजिष्ट्ररमा हुन्छ । तर, पढ्न आउँदैनन् ।’ केही भने विद्यालयले दिने सुविधा लिन मात्रै आउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख थापाले सुविधासम्पन्न भएर पनि सरकारी विद्यालयमा विद्यार्थी धेरै कम रहेको बताए । निजी विद्यालयप्रतिको अभिभावकको आकर्षणले पनि सरकारी विद्यालयमा विद्यार्थी घट्दै गएका छन् । सरकारी विद्यालयमा पढाउने शिक्षक स्वयम्ले आफ्ना बच्चा निजीमा पढाइरहेका छन् । सरकारी विद्यालयमा विद्यार्थी घट्दै गएपछि अब ‘मर्ज’ गर्नुपर्ने आवाज पनि उठेको छ । विद्यालय मर्ज भएपछि ‘राजनीति’ गर्न पाइन्न भनेर झस्किनेहरू पनि छन् । रजिष्ट्ररमा विद्यार्थी सङ्ख्या धेरै देखाएर सुविधा खोज्नेहरूको बाँकेमा कमी छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)