ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङका घरेलु तथा साना उद्योगको अवस्था : सबैभन्दा बढी पर्यटनमा पौने ६ अर्ब

Mar 1, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । दाङका विभिन्न घरेलु तथा साना उद्योगमा सवा १३ अर्बभन्दा बढी लगानी भएको छ । जिल्लामा उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन उद्योग, सेवामूलक, निर्माणसम्बन्धी र खनिज उद्योगमा १३ अर्ब २९ करोड ६३ लाख ५७ हजार २ सय ४१ रुपैयाँ लगानी भएको होे । उत्पादनमूलकमा १ हजार २७, कृषि तथा वनजन्यमा १ हजार ३ सय ९३, पर्यटन उद्योगमा ६ सय २२, सेवामूलकमा १ हजार ६ सय १, निर्माणसम्बन्धी २ सय ५५ र खनिजमा चारओटा गरी ४ हजार ९ सय २ घरेलु तथा साना उद्योगमा लगानी भएको घरेलु तथा साना उद्योग दाङले बताएको छ । जिल्लामा सबैभन्दा बढी ६ सय २२ पर्यटनमा ५ अर्ब ९४ करोड ९० लाख ८२ हजार रुपैयाँ लगानी भएको छ । पर्यटन उद्योगमा होटल तथा रेष्टुराँ पर्दछन् । त्यसैगरी, सेवामूलक उद्योगमा २ अर्ब ३९ करोड २४ लाख ६९ हजार १ सय ४४ रुपैयाँ, कृषि तथा वनजन्य उद्योगमा २ अर्ब ४२ करोड ९५ लाख ६१ हजार ५ सय १२ रुपैयाँ, उत्पादनमूलकमा २ अर्ब ३२ करोड ७५ लाख २ हजार ७ सय १७ रुपैयाँ, निर्माणसम्बन्धी उद्योगमा १९ करोड १७ लाख १२ हजार ६ सय ७४ रुपैयाँ र खनिजमा ६० लाख २९ हजार रुपैयाँ लगानी भएको छ । सेवामूलकमा बालुवा प्रशोधन उद्योग, ढुवानी सेवा, प्रशिक्षण केन्द्रहरू, इञ्जिनीयरिङ कन्सल्टेण्ट र ड्राइभिङ सेण्टरलाई राखिएको छ भने कृषि तथा वनजन्य उद्योगमा मौरीपालन, बङ्गुर फार्म, खरायो फार्म, माछापालन, गाई, भैंसी, बाख्रापालन र पोल्टी फार्महरूलाई राखिएको छ । उत्पादनमूलकमा ग्रील उद्योग, खाद्यान्न उद्योग, डेरी, जुत्ताचप्पल उद्योग, इँटा उद्योगलगायतलाई राखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकृत एवम् उद्योग शाखा प्रमुख वामदेव शर्माका अनुसार गत आवमा मात्रै ८ सय ८१ ओटा उद्योग थपिएका थिए । जिल्लामा वर्षेनि घरेलु तथा साना उद्योगको सङ्ख्या वढ्दै गएको छ । गतवर्ष मात्रै ८ सय ८१ उद्योग थपिँदा १ अर्ब १७ करोड ६० लाख ५८ हजार ६० रुपैयाँ लगानी थपिएको शर्माले जानकारी दिए । चालू आर्थिक वर्षको ६ महीनामा मात्रै जिल्लामा ४ सय ९१ ओटा घरेलु तथा साना उद्योग थपिएका छन् । यसबाट ६१ करोड ६० लाख ८२ हजार ७ सय ३८ रुपैयाँ लगानी थपिएको छ । चालू आर्थिक वर्षदेखि सरकारले ५ लाख स्थिर पूँजी भएका लघु उद्यमलाई निःशुल्क रूपमा दर्ता गर्ने व्यवस्था ल्याएकाले पनि गएका वर्षभन्दा चालू आवमा उद्योग दर्ता गर्नेको सङ्ख्या वृद्धि भएको सूचना अधिकारी शर्माको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)