ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६८० मिटर मोटरेबल पुल निर्माण गर्न ९ वर्ष

Mar 5, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । मुलुकका दुईओटा महत्त्वपूर्ण मोटरेबल (सवारीसाधन सञ्चालन हुने) पुल शिलान्यास भएको ९ वर्षमा निर्माण भएका छन् । निकै चर्चामा रहेका झापाको मेची पुल (५ सय ६० मिटर) र खोटाङको जयरामघाट पुल (१ सय २० मिटर) निर्माण सम्पन्न गर्न ९ वर्ष लागेको हो । हरेक आयोजनाको निर्माण समयमै नहुने यथार्थलाई यी दुई पुल निर्माणले पनि चरितार्थ गरेका छन् । सरकारले नै मूल्याङ्कन गरेअनुसार २ वर्षमा सम्पन्न हुनुपर्ने दुईओटा मोटरेबल पुल निर्माण सकिन ८ वर्ष लागेको हो । सडक विभागको पुल महाशाखाका अनुसार मेची पुल २०६६ मा शुरू गरी २०६८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, उक्त पुलको केही काम अझै बाँकी छ । आगामी चैतदेखि पुल प्रयोगमा आउने पुल महाशाखाले बताएको छ । उक्त पुल निर्माणमा हालसम्म रू. ३६ करोड खर्च भएको महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले जानकारी दिए । मेची पुलको पाँचपटक शिलान्यास भएको थियो । यस्तै २०६६ मा शुरू भई २०६८ मा सम्पन्न हुनुपर्ने जयरामघाट पुल पनि ९ वर्षपछि निर्माण सम्पन्न भई हालसालै प्रयोगमा आएको छ । तोकिएको समयमै पूर्वाधार निर्माणका कामहरू सम्पन्न नहुँदा वार्षिक रूपमा लागत बढ्दै गएको छ । यो पुल रू. १२ करोडमा सम्पन्न भएको महाशाखाले जानकारी दिएको छ । खोटाङको प्रमुख नाकाका रूपमा रहेको यो पुल गत मङ्सिरदेखि सञ्चालनमा आएको हो । विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार एउटा मोटरेबल पुल निर्माणका लागि औसतमा ३ देखि ४ वर्ष लाग्छ । बजेट कम, प्राविधिक समस्या, डिजाइनका साथै फाउण्डेशन, भूकम्प र नाकाबन्दीका कारण पनि यी पुल निर्माणमा अधिक समय लागेको प्रवक्ता गौतमको भनाइ छ । ‘चालू आर्थिक वर्ष २०७४/७५ मा मोटरेबल पुल निर्माणका लागि रू. ३ अर्ब रकम रहेकोमा त्यो सकिएको छ, अब हामीलाई थप रू. ७ अर्ब आवश्यक छ,’ प्रवक्ता गौतमले भने, ‘त्यसका लागि हामीले भौतिक मन्त्रालयलाई पत्र पठाइसकेका छौं ।’ महाशाखाका अनुसार मुलुकभर हाल १ हजार ५ सय पुल निर्माणाधीन अवस्थामा छन् । त्यसमध्ये चालू आवको हालसम्ममा ३५ ओटा पुल निर्माण भइसकेका छन् । यी मोटरेबल पुल विगत ८ वर्षदेखि निर्माण भइरहेका छन् । यस्तै मुलुकभर २ हजार २ सय मोटरेबल पुल सञ्चालनमा रहेका छन् । यस्तै रणनीतिक सडकमा यस्ता पुल २ यस ७५ ओटा रहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)