ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खपत भएन विद्युत्

Mar 7, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । दुर्गमका गाउँहरूमा विद्युत् सुविधा नपुगेको र लोडशेडिङको चर्को मार खेपेको समाचार बेलाबेला बाहिर आउँछ । रुकुमपूर्वमा भने उत्पादन भएको विद्युत् खपत हुन सकेको छैन । भुमे गाउँपालिका ३ रुकुमपूर्वको जितखोलाबाट उत्पादित १ सय ५० किलोवाट विद्युत् खपत नभएको उपभोक्ता समितिका अध्यक्ष कमल बुढाले बताए । गत साउनमा निर्माण भएको आयोजनाको विद्युत् खपत नहुँदा दुईपटक विद्युतीय मोटरका साथै अन्य उपकरण बिग्रिएको उनले जानकारी दिए । आयोजनाबाट १ सय ३५ देखि १ सय ५० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेको छ । तर, विद्युत् सुविधा पुगेको भुमेका ३, ४ र ५ वडाका ४ सय ४२ घरमा २८ किलोवाट मात्र खपत हुने गरेको छ । विद्युत् खपत नहुँदा विद्युतीय उपकरणहरू बिग्रिने समस्या देखिएको छ । विद्युत् खपत नहुँदा हिटरमार्फत पानी तताएर फाल्ने गरेको विद्युत् उपभोक्ता समितिले बताएको छ । भुमेका अध्यक्ष रामसुर बुढाले उत्पादित विद्युत्लाई खपत गर्न उद्योगधन्दा खोल्न प्रोत्साहन गर्ने जानकारी दिए । तर, भौगोलिक रूपमा विकट र यातायातको सहज पहुँच नहुँदा निजी क्षेत्रले लगानी गर्न सकेका छैनन् । एग्रीकल्चरल एण्ड एशोसिएशन ब्रिटिश गोर्खाज नेपालको सहयोग कादुरीको सवा ४ करोड रुपैयाँको लगानीमा विद्युत् आयोजना निर्माण गरिएको थियो । विद्युत्ले रुकुमपूर्वका साविकका मोरावाङ, काँडा र महत गाविसमा विद्युत् सुविधा पुगेको छ । विद्युत् महशुलबापत स्थानीयले २० युनिटको १ सय ५० रुपैयाँ तिर्ने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)