ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनसम्बन्धी आयोजनामा लक्ष्यअनुरूप खर्च भएन

Mar 8, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामध्ये पर्यटनसँग सम्बन्धित आयोजनामा लक्ष्यअनुरूप खर्च नभएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले बुधवार आर्थिक वर्ष २०७४/७५ को बजेटको अर्धवार्षिक समीक्षा गरी राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका पर्यटनसँग सम्बन्धित आयोजनामा खर्च हुन नसकेको तथ्य सार्वजनिक गरेको हो । सरकारले पहिले घोषणा गरेका १७ र पछि घोषणा गरेका ४ गरी २१ राष्ट्रिय गौरवका आयोजनामध्ये गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष र पशुपति विकास कोष राष्ट्रिय गौरवका आयोजना हुन् । बजेटमा पर्यटनसहित अन्य राष्ट्रिय गौरवका आयोजनाका लागि ६३ अर्ब ७० करोड ५४ लाख ४४ हजार बजेट विनियोजन गरिएकोमा यो अवधिसम्म १२ अर्ब ५ करोड ५ लाख ६७ हजार मात्र खर्च भएको अर्थ मन्त्रालयले बताएको छ । मन्त्रालयले कुनै पनि आयोजनाको लक्ष्यअनुरूप खर्च र त्यहीअनुरूप प्रगति नभएको तथ्य सार्वजनिक गरेको छ । मन्त्रालयले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा विभिन्न नीतगत तथा भौतिक समस्या रहेको औंल्याउँदै निर्माण कार्यलाई तीव्रता दिन प्रक्रियागत विषयलाई छोट्याउन र आवश्यकताअनुरूप परियोजना सञ्चालन कानून तर्जुमा गरी कार्यान्वयन गर्न सुझाव दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)