ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार शहर विकासमा अर्बौं बजेट विनियोजन

Mar 8, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । शहरी विकास तथा भवन निर्माण विभाग आयोजना कार्यान्वयन कार्यालय (आरयूडीपी) ले ७ नं. प्रदेशको उपमहानगरपालिका र ३ नगरपालिकामा क्षेत्रीय विकास आयोजना कार्यान्वयनका लागि बजेट बाँडफाँट गरेको छ । कैलालीको धनगढी र गोदावरी, कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगरमा आर्थिक वर्ष २०७५/७६ देखि काम शुरू गर्ने गरी बजेट विनियोजन गरिएको क्षेत्रीय आयोजना कार्यान्वयन इकाइका परियोजना निर्देशक चक्रवर्ती कण्ठले बताए । सडक तथा ड्रेन, फोहोरमैला व्यवस्थापन, फोहोर पानी व्यवस्थापन, पुनर्वास, सामाजिक आर्थिक विकास कार्यक्रममा धनगढी उपमहानगरभित्र रू. ३ अर्ब १९ करोडको बजेट रहेको छ । एशियाली विकास बैङ्क (एडीबी)बाट नेपाल सरकारले सहुलियत दरमा ७० प्रतिशत ऋण लिई सम्बन्धित नगरपालिकालाई अनुदान दिने व्यवस्था रहेको बताइएको छ । गोदावरी नगर क्षेत्रमा सडक तथा ड्रेन निर्माणका लागि ८४ करोड, फोहोरमैला व्यवस्थापनका लागि ४२ करोड, फोहोपानी व्यवस्थापनका लागि १५ करोडलगायत गरी कुल १ अर्ब ८९ करोड बजेट छुट्याइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र सडक तथा ड्रेन निर्माणका लागि ३४ करोड, एकीकृत फोहोमैला साइट निर्माणका लागि २२ करोड, फोहोर पानी व्यवस्थापनका लागि १३ करोडलगायतमा रू. ९७ करोड बजेट छुट्याइएको छ । महेन्द्रनगर नगरपालिकाका सडक तथा ड्रेन निर्माणका लागि १ अर्ब ४३ करोड, एकीकृत फोहोर व्यवस्थापनमा ५३ करोड, फोहोरपानी व्यवस्थापनमा ४८ करोड, सवारी तथा उपकरणका लागि १ करोडलगायतका विभिन्न शीर्षकमा गरी ३ अर्बको बजेट छुट्याइएको छ । चारओटै नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ देखि निर्माण शुरू गरी सन् २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको क्षेत्रीय शहरी विकास आयोजना कार्यालय धनगढीका व्यवस्थापक रवीन्द्र बोहराले बताए । उनका अनुसार उक्त नगरपालिकामा सर्वेको काम सम्पन्न भइसकेको र डिजाइनको काम भइरहेको छ । शुक्लाफाँटा र गोदावरी नगरपालिकाको भवन निर्माणका लागि जग्गाको निक्र्योल र सर्वे भई डिजाइनको काम भइरहेको कार्यालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)