ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ अर्ब चुक्तापूँजी पुर्‍याउने राष्ट्रिय बीमा संस्थानको तयारी

Mar 11, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काडमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पनि नियामक निकाय बीमा समितिले दिएको निर्देशनबमोजिम आगामी असार मसान्तभित्रै रू. २ अर्ब चुक्तापूँजी पुर्‍याउने कार्ययोजना अघि सारेको छ । हाल संस्थापकतर्फको मात्र स्वामित्व रहेको यस संस्थाले सर्वसाधारणलाई समेत समेट्दै पूँजी पुर्‍याउने योजना अघि सारेको हो । संस्थानले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णयबमोजिम कार्ययोजना तयार गरी नेपाल सरकार अर्थ मन्त्रालयबाट सैद्वान्तिक सहमति प्राप्त भइसकको जानकारी दिएको छ । संस्थानका अनुसार नेपाल सरकार अर्थ मन्त्रालयले पुस २१ गतेको निर्णयअनुसार सैद्धान्तिक सहमति प्रदान गरेको हो । जीवन बीमा व्यवसाय गर्ने संस्थानलाई समेत साविक कम्पनी ऐन २०६३ मा भएको व्यवस्थाअनुसार कम्पनीमा परिणत हुन सक्ने प्रावधान रहेकाले सर्वसाधारणलाई शेयर जारी गरी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न शेयर संरचना हेरफेर गरी पूँजी वृद्धि गर्न सकिने हुँदा संस्थानले सोहीअनुसार पूँजीवृद्धि योजना तयार गरेको हो । जसअनुसार कुल रू. २ अर्ब चुक्तापूँजीमा सर्वसाधारणतर्फ रू. ६० करोड ८ लाख ७५ हजार र संस्थापकतर्फ रू. १ अर्ब ४० करोड २७ लाख ७० हजार कायम हुनेछ । संस्थापकतर्फ नेपाल सरकारको रू. ३८ करोड ९५ लाख ४९ हजार २ सय २९, नेपाल राष्ट्र बैङ्कको रू. ७७ करोड ९३ लाख ७९ हजार १२ र नेपाल बैङ्कको रू. २३ करोड ३८ लाख ४१ हजार ७ सय ५९ रहनेछ । पूँजीवृद्धिका लागि संस्थानले बोनस, हकप्रद शेयर र आईपीओको बाटो रोजेको छ । आव २०७४÷७५ मा संस्थापक र सर्वसाधारणतर्फको शेयर स्वामित्व कायम भएपश्चात् हुने चुक्तापूँजी रू. ४५ करोड ८५ लाखको आधारमा १ बराबर ३ दशमलव ३७ को अनुपातमा रू. १ अर्ब ५४ करोड ५१ लाख ४५ हजारबराबरको हकप्रद शेयर जारी गर्ने योजना संस्थानको रहेको छ । हकप्रदपश्चात् संस्थानको चुक्तापूँजी रू. २ अर्ब ३६ लाख ४५ करोड पुग्नेछ । संस्थानले बीमाङ्कीय मूल्याङ्कनबाट प्रक्षेपित अनुमानित बोनस शेयरमा थपघट हुन गएमा हकप्रद शेयर प्रतिशतमा पनि हेरफेर हुन सक्न बताएको छ । गत कात्तिक १७ गतेको तीसौं वार्षिक साधारणसभाबाट आव २०६५/६६ सम्मको वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको संस्थानको चुक्तापूँजी रू. १८ करोड १० लाख रहेको छ । बाँकी आवको बीमाङ्कीय मूल्याङ्कनबाट वार्षिक रू. २ करोडका दरले बोनस वितरण गर्ने योजना संस्थाको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)