ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौतमबुद्ध विमानस्थलको निर्माणअवधि थप

Mar 22, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलको क्षमता विस्तार आयोजनाको काम निर्धारित समयमा नसकिने भएपछि समयअवधि थप गरिने भएको छ । चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्ष्ट्रक्शन कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै ऋणदाता एशियाली विकास बैङ्कले ठेक्का सम्झौता तोड्न दबाब दिएको हो । तर, ठेक्का तोडर पुनः ठेक्का लगाउँदा निर्माणको अवधि झन् बढ्ने देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले चिनियाँ कम्पनीलाई नै म्याद थप गर्ने तयारी गरेको छ । विमानस्थल निर्माण सोचेअनुरूपको नभएको भन्दै एशियाली विकास बैङ्कले सन् २०१७ को डिसेम्बरदेखि भुक्तानी रोेकेको छ । जनवरीदेखि यता प्राधिकरणले आफ्नो बजेटबाटै काम गराइरहेको छ । एडीबीको प्रतिनिधिमण्डलले केही दिन पहिले विमानस्थलको स्थलगत अध्ययन गरेर प्रगति सन्तोषजनक नभएको बताएको थियो । यद्यपि, पछिल्लो समय कम्पनीले सन्तोषजनक रूपमा काम अघि बढाएपछि अहिलेलाई प्राधिकरणबाट बजेट पठाएर काम सुचारु गरिएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । उनले भने, ‘काम जति हुनु पर्ने हो, त्यो नभएकै हो । तर, पछिल्लो समय कम्पनीले यन्त्र उपकरण तथा कामदार सङ्ख्या बढाएर काम गरिरहेकोले केही सुधार देखिएको छ । यसैले तत्काल ठेक्का तोड्नेभन्दा पनि कामको गति बढाउनेतर्फ ध्यान केन्द्रित गरेका छौं ।’ पछिल्लो ३ महीनाको प्रगति सुधारात्मक देखिएकाले अझै १ वर्षसम्म समय थप गर्न अर्थमन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफल गरिएको महानिर्देशक गौतमले बताए । यता निर्माणको गतिमा सुधार नभएसम्म भुक्तानी नदिने एडीबीको अडान भने यथावत छ । यद्यपि, एडीबीले ऋण सम्झौता भङ्ग गर्ने भन्नेबारेमा भने केही बताएको छैन । अहिले धावनमार्गमा माटो बिछ्याउने काम, घाग्रा खोलाको डाइभर्सन, अन्तरराष्ट्रिय टर्मिनल भवन, कण्ट्रोल टावर र प्रशासकीय भवनलगायतको काम गरी ३५ प्रतिशत जति काम सम्पन्न भएको गौतमले जानकारी दिए । विमानस्थलको स्तरोन्नतिको कार्य जेठमै सकिनुपर्ने भए पनि हालसम्म जम्मा ३३ प्रतिशत मात्र भौतिक प्रगति भएको पाइएको छ । २०७१ सालबाट शुरू भएको उक्त विमानस्थल निर्माणको लागि नेपाल सरकार स्थानीय स्रोत आन्तरिक तथा बाह्य गरी कुल लागत ६ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ रहेको छ । शुरूमा ७९ बिगाहा क्षेत्रफल रहेको विमानस्थललाई पहिलो चरणमा क्षेत्रीयस्तरको अन्तरराष्ट्रिय विमानस्थल बनाउन २ सय ८ बिगाहा र पछि अन्तरराष्ट्रियस्तरको बनाउन थप ५ सय बिगाहा जग्गा अधिग्रहण गरी यसको क्षेत्रफल ७ सय ८७ बिगाहा पु¥याइएको छ । यो विमानस्थललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको छ । यसलाई स्तरोन्नति गर्दै १ हजार ५ सय २० मिटर लम्बाइ र ३० मिटर चौडाइबाट ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइ बनाइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)