ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण सम्पन्न नहुँदै रकम भुक्तानी : मिलेमतोमा ४८ लाख खर्च

Mar 26, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले विद्यालय भवन निर्माण सम्पन्न नहुँदै रकम भुक्तानी गरेको खुलेको छ । शिक्षा कार्यालयले चौकुने गाउँपालिका–३, बेतानमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको दुईतले ६ कोठे भवन निर्माण सम्पन्न नहुँदै रकम भुक्तानी गरेको हो । शिक्षा कार्यालयका प्राविधिक, विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालय भवन अधुरो छोड्दै रकम हिनामिना भएको हो । विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत शिक्षा कार्यालयले आर्थिक वर्ष २०७१/७२ को बजेट शीर्षकबाट उक्त विद्यालयलाई भवन निर्माणका लागि रकम उपलब्ध गराएको थियो । शिक्षा कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मै उक्त भवन बनिसक्नु पर्ने थियो । विद्यालय भवन नबन्दा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थी खुला आकाशमुनि अध्ययन/अध्यापन गराउन बाध्य छन् । ४८ लाख रुपैयाँको बजेट लागतमा निर्माण सम्पन्न गर्नुपर्ने दुईतले ६ कोठे भवनको निर्माण अधुरो छोड्दै व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर राना बेखबर छन् । इष्टिमेटअनुसार भवन निर्माणका साथै ९० थान डेस्कबेञ्चसमेत उपलब्ध गराउनु पर्ने थियो । अध्यक्ष राना, विद्यालयका प्रधानाध्यापक हरेराम यादव र शिक्षा कार्यालयका सब–इञ्जिनीयर आनन्द भण्डारीको मिलेमतोमा भवन अधुरो छोड्दै रकम हिनामिना भएको हो । भवन नबन्दा विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएको चौकुने गाउँपालिकाका वडाध्यक्ष गणेश रानाले बताए । उनले पटक–पटक अधुरो विद्यालय भवन पूरा गर्न अध्यक्ष रानालाई दबाब दिए पनि बेवास्ता गरेको जानकारी दिए । जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह नेरामावि बेतानको दुईतले ६ कोठे भवन निर्माणमा आर्थिक अनियमियतता भएपछि भवन निर्माणमा ढिलाइ भएको बताउँछन् । उनले उक्त विद्यालयका प्रधानाध्यापक र समितिका अध्यक्षसँग निरन्तर सम्पर्क गरेर भवन निर्माण कार्य जसरी पनि पूरा गर्न दबाब दिइरहेको बताए । भवन निर्माणमा भएको ढिलासुस्ती तथा रकम हिनामिनाबारे आवश्यक छानबिनका लागि शिक्षा कार्यालयबाट प्रतिनिधि पठाउने तयारी भएको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)