ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका कार्यालयमा फेसबूक बन्द गर्न गृहकार्य

Mar 26, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी कार्यालय अवधिमा फेसबूक बन्द गर्न गृहकार्य थालेका छन् । सुर्खेतमा रहेका सरकारी र निजी स्वामित्वमा रहेका इण्टरनेट सेवा प्रदायकहरूसँग अनौपचारिक रूपमा कार्यालय अवधिमा कसरी फेसबूक सञ्चालनमा रोक लगाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका हुन् । सुर्खेतमा नेपाल टेलिकम, वल्र्डलिङ्क, सुबिसु, टेक माइण्ड र सुर्खेत केबल नेटले इण्टरनेट सेवा दिँदै आएका छन् । केही इण्टरसेवा प्रदायकका प्रमुखहरूसँग आइतवार बिहान कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहीले भेटेका छन् । भेटमा उनले जनतासँग सरोकार राख्ने सबै सरकारी कार्यालयमा फेसबूक सञ्चालनमा रोक लगाउने विषयमा जानकारी लिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले बताए । पहाडीका अनुसार मुख्यमन्त्रीले ल्याएको यो योजना पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालयसहित मन्त्रालयहरूमा लागू हुनेछ । ‘अब कार्यालय अवधिमा फेसबूक चलाउन पाइने छैन,’ उनले भने, ‘सोमवार नै मुख्यमन्त्री कार्यालयले सबै इण्टरनेट सेवा प्रदायक कार्यालयलाई आधिकारिक पत्र पठाएर फेसबूक नचल्ने बनाउन लागेको छ ।’ केही दिनअघि मात्रै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सरकारी कार्यालय र विद्यालयमा कार्यालय सञ्चालन अवधिमा फेसबूक बन्द गर्ने अभिव्यक्ति दिएका थिए । तत्काल कार्यान्वयनका लागि शाहीले सुर्खेत आएपछि यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन गृहकार्य थालेका हुन् । सुर्खेत बाहिर रहेका मन्त्रीहरू आइतवारसम्म सुर्खेत आउने र सोमवार यस विषयमा थप छलफल हुने प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । पहिलो र दोस्रो चरण गरेर कुन–कुन कार्यालयमा फेसबूक चलाउन रोक लगाउन सकिन्छ भन्ने भन्ने विषयमा छलफल गर्ने र तत्काल कार्यान्वयन गरिने उनले बताइन् । स्रोतका अनुसार सरकारी कार्यालयमा कार्यरत कर्मचारी जनताको कामभन्दा सामाजिक सञ्जालमा बढी व्यस्त हुन थालेपछि मुख्यमन्त्रीले यस्तो योजना बनाएका हुन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)