ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संसद भवन मर्मत गर्न टेण्डर आह्वान, १ करोडमा मर्मत गरिने

Mar 26, 2018  
समाचार प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

चैत १२, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा संसद भवन मर्मत गर्न टेण्डर आव्हान गरीएको छ । अहिले अस्थायी संसद भवनको रुपमा प्रयोग गरिएको क्षेत्रीय सिँचाइ डिभिजन कार्यालयबाट नै संसदको काम कारबाही सञ्चालन हुँदै आएको छ । मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका पदाधिकारी निर्वाचित गर्नेदेखि प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउने जस्ता महत्वपूर्ण निर्णय अस्थायी संसद भवनबाट नै भएका छन् ।

शैक्षिक तालिम केन्द्रको भवनलाई संसद भवनको रुपमा विकास स्तरोन्नती गर्ने भनिएपनि मर्मत र सुधार लगायतका काममा ढिलाइ हुँदा संसद भवन सञ्चालनमा आउन सकेको छैन । शुरुआतमा प्रदेशसभाका सांसदहरूको सपथ ग्रहण कार्यक्रम नै शैक्षिक तालिम केन्द्रमा आयोजना गर्ने गरी तयारी गरिएको थियो । तर उक्त सपथ ग्रहण कार्यक्रम अन्तिममा आएर जिल्ला समन्वय समीतिको सभाहलमा राखियो । त्यसपछि पहिलो संसद बैठक शैक्षिक तालिम केन्द्रमा नै राख्ने गरी तयारी थालिए पनि त्यसले पूर्णता पाएन । संसद बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै सिँचाइ डिभिजन कार्यालयलाई अस्थायी संसद भवनको रुपमा प्रयोगमा ल्याइएको छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले भर्खरै मात्र शैक्षिक तालिम केन्द्रको उक्त भवन मर्मत सुधारका लागि टेण्डर आह्वान गरेको छ । अबको केही दिन भित्रै टेण्डरको प्रक्रिया पूरा गरेर भवन निर्माण तथा मर्मत–सुधारको काम अघि बढ्ने कार्यालयका इन्जिनियर झंकबहादुर थापाले जानकारी दिए ।

संसद भवनका लागि आवश्यक सबै काम सम्पन्न गर्ने गरी एक करोड बराबरको टेण्डर आह्वान गरिएको छ । ‘पर्खाल मर्मतदेखि बिजुली, कुर्सी, टेबुललगायत सबै काम एकैपटक गर्ने गरी टेण्डर आह्वान भएको छ,’ थापाले भने, ‘जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम गर्दैछौं ।’ संसद भवनको मर्मत र सजावटको काम सोही बजेटबाट सम्पन्न हुने बताइएको छ । अन्य पूर्वाधारका साथै ‘इको साउण्ड’ व्यवस्थापनका लागि समय लाग्ने कार्यालयले जानकारी दिएको छ । टेण्डर दर्ता मिति चैत १८ गतेसम्म रहेकाले १९ गते टेण्डर खोलिने र जेठ पहिलो सातासम्म निर्माण सम्पन्न गर्ने गरी काम गरिने थापाको भनाइ छ । शैक्षिक तालिम केन्द्रको एउटै कम्पाउण्डभित्र धेरै भवन छन् । त्यसैले पनि यसलाई संसद् भवनका लागि उपयुक्त मानिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)